Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनकपुरमा हिन्दु र मुस्लिमबीच झडप, ३० घण्टाका लागि निषेधाज्ञा


    शनिबार, कार्तिक २७ २०७८
    490
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सांकेतिक तस्वीर

    काठमाडौं । जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।झडपपछि  स्थानीय प्रशासनले  भोलीसम्मका लागि निषेधाज्ञा लगाएको छ । प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्।

    जनकपुर उपमहानगरपालिका–२० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव भएको थियो।
    त्यसैक्रममा शनिबार हिन्दु समुदायले मोटरसाइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ।स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
    झडपमा केही प्रहरी घाइते छन् भने स्थिति पूरै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई लखेटिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुई समुदायबीच तनाव हुन थालेपछि शुक्रबार बास्तोलाले बैठक बोलाएर सहमति गराएका थिए। तर, एकाएक शनिबार हिन्दु समुदायले र्‍याली निकालेर जान खोजेपछि निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार