Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी


    शनिबार, कार्तिक २७ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ। 

    शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो । 

    अर्जेन्टिनाको जितमा कप्तान समेत रहेका एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६ मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए । 

    जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिना जारी छनोटमा अपराजित रहँदै आएको छ ।

    दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ । 

    पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार