बैतडी।नेकपा एमाले बैतडीको जिल्ला उपाध्यक्षमा रमिल बम चयन भएका छन् । रिक्त रहेको उपाध्यक्ष पदमा उनलाई २४ कात्तिकमा प्रदेश कमिटीको बैठकले चयन गरेपछि सुक्रबार सपथ ग्रहण गराइएको छ ।
यसैगरी प्रदेश कमिटीको बैठकले जिल्ला उपसचिवमा सरस्वती नेपालीलाई मनाेनयन गरेपछि दुवैजनालाई सुक्रबार जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पालले सपथ ग्रहण गराएका हुन् । एमाले बैतडीको पूूर्ण बैठकमा १२ कात्तिकमा सम्पन्न वडा कमिटीको अधिवेशन र १५ कात्तिकमा सम्पन्न पालिका कमिटीको अधिवेशनका विषयमा छलफल गरेको छ । पार्टीको वडा र पालिका कमिटीहरुलाई व्यवस्थीत बनाउने, पालिकास्तरीय जनवर्गीय संगठनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको पार्टी जिल्ला कमिटी सदस्य बलभद्र दयालले बताए ।
बैठकले पार्टीको जनवर्गिय संगठनका जिल्ला अधिवेशनको मिति समेत तय गरेको छ । जस अनुसार युवा संघको जिल्ला अधिवेशन २० मंसिर, अनेरास्ववियुको २५ मंसिर, अखिल नेपाल महिला संघको २८ मंसिर, नेपाल उत्पीडित जातीय मुक्ति समाजको २ पुस र किसान महासंघको ३ पुसमा जिल्ला अधिवेशन गर्न मिति तय गरिएको पार्टीको जिल्ला उपसचिव सरस्वती नेपालीले बताइन् । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend