जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री रामसरोजकुमार यादवले नेपालका कुनै पनि पार्टीले सरकार एकल नेतृत्व गर्न सक्षम नरहेको दाबी गरेका छन् ।
नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कांग्रेस निकट लोकतान्त्रिक इन्जिनियर समूह (दिलीप कुमार झा) फाइनलले शुक्रबार जनकपुरधाममा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले उक्त दाबी गरेका हुन् ।
‘छिमेकी मुलुक भारतमा लामो समयदेखि विभिन्न पार्टीका संयुक्त सरकारको अभ्यास रहे पनि नेपालमा त्यो अहिलेसम्म खासै गरिएको छैन’, मन्त्री यादवले भने, ‘अहिलेको अवस्थामा नेपालमा कुनै पनि पार्टी एकल सरकारको नेतृत्व गर्न सक्षम देखिएको छैन । तत्कालीन नेकपाको झन्डै दुई तिहाइको सरकारले पनि पाँच वर्षसम्म नेतृत्व गर्न सकेन ।’
संघीय सरकारदेखि प्रदेश सरकारमा पनि सम्पूर्ण लोकतान्त्रिक शक्ति एकजुट भई सरकारको नेतृत्व गरिरहेको भन्दै मन्त्री यादवले भने, ‘संविधान र संघीयतालाई संस्थागत गर्न अहिले लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन । हामी एकजुट भएर अगाडी बढेको खण्डमा मात्रै लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न सक्छौं ।’
अगामी मंसिर २४ गते हुने नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचन नजिकिँदै जर्दा विभिन्न संगठनले आ–आफ्ना प्यानलका उम्मेदवारको प्रचार गरिरहेका छन् । सोही क्रममा लोकतान्त्रिक इन्जिनियर समूहबाट नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष पदका उम्मेदवार दिलीप कुमार झाले शुक्रबार जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरेका थिए ।
देशको भौतिक पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उम्मेदवार झाले भने, ‘एसोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धिदेखि लिएर उनीहरूको पेसागत सुरक्षा, बेरोजगारीलगायतका समस्या सम्बोधन गर्न हाम्रो टिम सक्षम छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend