Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आन्दोलनरत कानुन व्यवसायीहरुको आजको कार्यक्रम: चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक लगाउने, सम्पूर्ण बेन्च बहिस्कार गर्ने


    शुक्रबार, कार्तिक २६ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने घोषणा  गरेको छ  । 

    शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको विरोधमा बारले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो।

    नेपाल बार एशोसिएसन महासचिव लिलामणि पौडेलले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न नदिने बताएका थिए। 

    गत कार्तिक पजिलो सात देखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्रै प्रदर्शन गर्दै आएका छन् । 

    यस्तै आन्दोलनरत कानुन ब्यबसायीहरुले शुक्रबार सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेका छन् । 

    कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार