Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्व इतिहासमा आजः भारतको संविधानबारे राउन्ड टेबल कन्फरेन्सदेखि लेसोथोमा कु


    शुक्रबार, कार्तिक २६ २०७८
    510
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज नोभेम्बर १२ । प्रस्तुत छ विश्व इतिहासमा आज भएका सामाजिक तथा राजनीतिक घटनाक्रमः 

     लेसोथोमा कु 
    सन् १९९० मा लेसोथोका तत्कालिन राजा मोसुजसु द्दितीयबिरुद्ध जस्टिन मेटसिंग लेखन्याले कु गरी सरकार नियन्त्रणमा लिएका थिए । केही महिनापछि भएको अर्को सैन्य कुमा लेखन्यालाई देश निकाला गरिएको थियो । 

    जापानी सम्राट अकिहितोको सत्तारोहण
    सन् १९९० मा जापानी सम्राट अकिहितो औपचारिक रुपमा राजगद्दीको उत्तराधिकारी भएका थिए । आफ्ना बाबु हिरोहितोको निधन भएको दुई बर्षपछि अकिहितो जापानको राजगद्दीको उत्तराधिकारी बनेका थिए । 

    भारतको भावी संविधानबारे राउन्ड टेबल कन्फरेन्स
    भारतको भावी संविधानबारे बिचार विमर्श गर्न व्रिटीश सरकारले सन् १९३० मा पहिलो राउन्ड टेबल कन्फरेन्सको आयोजना गरिएको थियो । सन् १९३० देखि १९३२ को अवधिमा व्रिटीश सरकारले तीन ओटा राउन्ड टेबल कन्फरेन्स गरेको थियो । 

    पूर्वी टिमोरमा नरसंहार
    सन् १९९१ मा इन्डोनेसियाली सेनाले पूर्वी टिमोरको डिलीस्थित सान्ता क्रुज चिहानमा गोली चलाउँदा पूर्वी टिमोरमा स्वतन्त्रता समर्थक प्रदर्शनकारीको मृत्यु भएको थियो । डिली नरसंहार भनिने सो घटनामा २५० जनाको मृत्यु भएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार