बैतडी।नेकपा एकीकृत समाजवादी पार्टीले बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । पार्टीले आज जिल्लाको दशरथचन्द नगर पालिकाको अधिवेशन सम्पन्न गरेको छ ।
दशरथचन्द नगरपालिकामा दिनेश ठगुन्नाको अध्यक्षतामा ७१ सदस्यीय नगर कमिटी गठन गरिएको छ । नगर कमिटीको उपाध्यक्षमा गोमती नेपाली तथा गोपाल चन्द र सचिवमा सुरेन्द्र सिंह धामी चयन भएका छन् । नगर कमिटीको उपसचिवमा रमेशप्रसाद भट्ट र परे नाथ चयन भएको पार्टी जिल्ला अध्यक्ष महादेव भट्टले बताए ।
यसैगरी जिल्लाको विभिन्न वडाहरूमा पनि वडा कमिटी गठन गरिएका छन् । दोगडाकेदार गाउँपालिका-८ मा वडा कमिटी गठन गरिएको छ । महेन्द्र विष्टको अध्यक्षतामा २८ सदस्यीय वडा कमिटी गठन गरेको जिल्ला कमिटी सदस्य धनबहादुर कार्कीले बताए । नेकपा(एस) बैतडीका ४० वडामा वडा कमिटी गठन गरिसकेको उनले बताए ।
यही कात्तिक २८ गते मेलौली नगरपालिकामा अधिवेशन हुने पार्टी कमिटी सदस्य दिनेश भट्टले बताए । अहिले आफूहरू पार्टी सुदृढीकरणको अभियानमा लागेको उनले बताए ।
पार्टीको यही ६ कात्तिकमा सम्पन्न विस्तारित बैठकले तीन महिने पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो ।न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend