Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा एकीकृत समाजवादीको स्थायी समिति भोलि बस्ने


    बिहिबार, कार्तिक २५ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ ।

    भोलि दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने स्थायी कमिटीको आठौं बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  

    बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार