चितवन । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेविरुद्ध सर्वोच्च अदालतले नै मोर्चाबन्दी गरेको आरोप लगाएका छन् । एमाले भरतपुर महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले मन्त्री पद र पदकका लागि अदालतले मोर्चाबन्दी गरेर एमालेलाई सरकारबाट हटाएको बताए ।
‘पापको घैँटो फुट्यो भने जस्तो हिजो सेटिङ भएको ठाउँमा आज एकअर्कालाई पोलापोल गर्नुभाछ । अदालतले केही नेताको स्वार्थमा परमादेश जारी गर्दिने । त्यो परमादेश जारी गरिदिए बापत सरकारले उहाँका कसैलाई मन्त्री र कसैलाई पदक उपहार दिने गर्नुभाछ । अपवित्र साँठगाँठ त्यहाँ भएको छ’, उनले भने ।
एमालेमाथि भइरहेको षड्यन्त्र र घेराबन्दीविरुद्ध महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्न लागिएको उनले बताए । महाधिवेशनमा जनताको महासागर उतारेर शक्ति प्रदर्शन गर्नुपर्ने उनले बताए ।
‘चितवनबाट मात्रै तपाइहरूले एक लाखभन्दा बढी कार्यकर्ता उतार्नुपर्ने छ । सुन्दा अस्वाभाविक जस्तो लाग्ला । तपाइका पार्टी सदस्यका हिसाबले एक जनाले पाँच जना ल्याइयो भने चितवनले एक लाख त सजिलै उतार्न सक्छ । बाँकी चार लाख हाम्रो जिम्मामा छाड्नुस्’, उनले भने । जनपरिचालनमा चितवनले बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । एमालेविरुद्ध चौतर्फी घेराबन्दी र चक्रव्यूह निर्माण गरिएको पनि उनले बताए ।
‘संसारमा सत्तापक्षका विरुद्धमा प्रतिपक्षले मोर्चाबन्दी गर्छन्, स्वाभाविक मानिन्छ । तर, हामी कहाँ प्रतिपक्षका विरुद्धमा सत्तापक्षले मोर्चाबन्दी गरिरहेको छ’, उनले भने, ‘सत्ता गठबन्धनले गायत्री मन्त्र जस्तो यो गठबन्धन चुनावसम्मै जान्छ भन्ने गर्नुहुन्छ । एमालेसँग एक्लै लड्ने तागत गठबन्धनका कुनै शक्तिसँग पनि छैन ।’
एमालेविरुद्ध मोर्चाबन्दी गर्नकै लागि संघीयता र संविधान खारेज गर्नेदेखि ११ वटा प्रदेशको माग गर्ने पार्टी एकठाउँमा आएको उनले बताए । ‘यो कुनै सिद्धान्तको गठबन्धन होइन । एमालेप्रतिको विरोध र प्रतिशोध र कुण्ठाले उहाँहरूलाई एक ठाउँमा ल्याएको छ’, उनले भने ।
एमाले भित्रका अवसरवादीलाई प्रयोग गरेर अध्यादेशको चरम दुरुपयोग गरिएको समेत उनले बताए । यी सबै षड्यन्त्रका विरुद्ध महाधिवेशनको उद्घाटन सत्रमा जनताको महासागर उतारेर एमालेको शक्ति देखाउनुपर्ने उनको भनाइ थियो ।
महानगर कमिटीले लियो शपथ
एमाले भरतपुर महानगर कमिटीको नयाँ पदाधिकारीले बिहीबार शपथ ग्रहण गरेका छन् । लामो रस्साकस्सीपछि सर्वसम्मत रूपमा चयन गरिएको भनिएको कमिटीलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीको उपस्थितिमा शपथ खुवाइएको हो ।
महानगर कमिटीमा शंकर थपलियाको अध्यक्षतामा ११४ सदस्सीय कमिटी चयन गरिएको हो । थपलियालाई एमाले जिल्ला नेता केशवप्रसाद रेग्मीले शपथ खुवाएका हुन् । महानगर कमिटी अध्यक्ष थपलियाले सचिव, सहसचिव लगायत सदस्यलाई शपथ खुवाएका हुन् । महानगर कमिटीको सचिवमा टिकाराम सुवेदी र सहसचिवमा निशा अधिकारी चयन भएका छन् ।
उपाध्यक्ष र एक सहसचिव पछि थप गर्ने भनिएको छ । महानगर कमिटीको अधिवेशन कात्तिक १५ गते भएको थियो । अध्यक्षलगायतको पदमा धेरैको आंकाक्षा देखिएपछि पदाधिकारी चयनमा पार्टी नेतृत्वलाई सकस भएको थियो ।
अध्यक्षका प्रत्याशी प्रह्लाद प्रधानको समूहले महानगर कमिटीको शपथ ग्रहण कार्यक्रमै ब्यानर प्रदर्शन गरेर विरोध जनाएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend