काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यतालिका सरेको छ । बिहीबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले महाधिवेशन प्रतिनिधिको निर्वाचन ३-५ मंसिरमा गर्नेगरी कार्यतालिका परिमार्जन गरेको हो ।
त्यसैगरी बैठकले राप्रपाले सक्रिय सदस्य वापतको रकम जम्मा गर्ने समयावधि २८ कात्तिकसम्म थप गरेको छ । तोकिएको अवधिमा शुल्क नबुझाउने व्यक्तिको सदस्यता स्वतः खारेज हुने निर्णयसमेत भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।
सचिवालयले २९ कात्तिकभित्र केन्द्रीय निर्वाचन समितिलाई सक्रिय सदस्यहरूको नामावली उपलब्ध गराउन निर्देशन दिइएको छ । केन्द्रीय निर्वाचन समितिले ३० गते जिल्लामा सक्रिय सदस्यहरूको नामावली पठाउने र १-२ मंसिरमा सक्रिय सदस्यहरूको नामावलीमा दावी विरोध गर्ने समय दिइएको छ । यसपछि ३-५ मंसिरसम्म प्रतिनिधि चयन हुनेछ । न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend