मकवानपुर । बाग्मती प्रदेश सरकारमा बिहीबार माओवादीका शालिकराम जम्कट्टेल मात्र मन्त्री हुने भएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी गरेको भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर कांग्रेसमा विवाद भएपछि चर्चामा भएका निमा लामाले तत्काल मन्त्रीको नियुक्ति खाने सम्भावना टरेको स्रोत बताउँछ ।
बाग्मतीमा नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र पाण्डे गत ११ कात्तिकमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेकै दिन उनले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद शर्मा खनाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा कृष्णलाल भँडेल र सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई मन्त्री नियुक्त गरेका थिए ।
चार सदस्यीय सरकार चलाउँदै आएका पाण्डेले २२ कात्तिकमा विश्वासको मत प्राप्त गरेसँगै सरकारले पूर्णता पाउने चर्चा थियो । तर, बिहीबार माओवादी केन्द्र र कांग्रेसबाट एक एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका जम्कट्टेललाई मात्र मन्त्री मुख्यमन्त्री पाण्डेले तयारी गरेको बुझिएको छ । जम्कट्टेलले आर्थिक मामिता तथा योजना मन्त्रालयमा मन्त्रालयको जिम्मेवारी पाउने स्रोतको भनाइ छ ।
नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका सचिवसमेत रहेका लामा भने मन्त्री खान सिन्धुपाल्चोकदेखि हेटौंडा आइपुगेपनि पार्टीमा आकांक्षी अरु पनि भएकाले तत्काल उनलाई ब्याक गरिएको जनाइएको छ ।
केन्द्रिय गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाएपछि संविधानले दिएअनुसार मन्त्रालय बनाएर सरकार सञ्चालन गर्ने योजना बनाएका छन् । हाल १०९ सदस्य संख्या रहेको बाग्मतीमा २२ वटासम्म मन्त्रालय बनाएर गठबन्धनका आकांक्षीको चित्त बुझाउने योजनामा मुख्यमन्त्री पाण्डे रहेका छन् ।
माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका एक गरी गठबन्धनका ५९ जना सांसदको समर्थन मुख्यमन्त्री पाण्डेलाई छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend