Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सचिव योगेश भट्टराईले मागे महाधिवेशनका लागि १०० रुपैयाँ


    बुधबार, कार्तिक २४ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । नेकपा एमालेले आफ्नो दशौँ महाधिवेशनका लागि खर्च पार्टी सदस्यबाट उठाउने भएको छ । हरेक पार्टी सदस्यबाट १०० रुपैयाँका दरले खर्च उठाउने एमालेले निर्णय गरेको हो ।

    यसका लागि नेकपा एमालेको राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा रहेको चल्ती खाता नम्बर १७–००१००००११५९००१ मा उक्त रकम जम्मा गर्न भनिएको छ ।

    प्रचार संयोजक तथा एमाले सचिव योगेश भट्टराईले सामाजिक संजालमार्फत भनेका छन्, ‘तपाईं संगठित सदस्यहरूले रु १००/- मात्र हालिदिनुभयो भने मंसिरमा हुने महाधिवेशन खर्च पुग्छ । सबै सदस्यहरूले खातामा जम्मा गर्दा सात करोडभन्दा बढी उठ्छ, हामी आफ्नै खर्चमा सम्मेलन सक्छौँ, चन्दा माग्नुपर्दैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार