Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेशका खम्बा रामचन्द्र झा नेकपा समाजवादीमा प्रवेश गर्ने, माओवादी परित्याग


    बुधबार, कार्तिक २४ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेशका चर्चित र लोकप्रिय नेता रामचन्द्र झाले नेकपा माओवादी परित्याग गरेका छन् । नेकपा एमाले, डा. बाबुराम भट्टराईको नयाँशक्ति हुँदै नेकपा माओवादी केन्द्रमा गएका उनी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने तयारीमा छन् । पछिल्लो समय उनी माओवादीमा सक्रिय थिएनन् । झाको माओवादी केन्द्रका नेता मातृका यादवसँग पनि सम्बन्ध राम्रो छैन । झा र यादव दुवै धनुषाका हुन् ।

     झा माओवादीले स्थायी समिति सदस्य नबनाएकोमा असन्तुष्ट थिए । झा एक हप्ताअघि भएको नेकपा माओवादीको स्थायी समिति बैठकमा सहभागी थिए । झाको नेकपा समाजवादी प्रवेशले सो पार्टीलाई प्रदेश २ मा अझ बलियो बनाएको छ ।

    प्रदेश २ मा समाजवादी एमालेभन्दा बलियो छ । प्रदेश २ को संसदमा समेत एमालेभन्दा समाजवादीकै सांसद बढी छन् । प्रदेश २ मा एमालेका २१ प्रदेश सदस्यमध्ये ११ जना समाजवादीमा लागेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार