काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता खगराज अधिकारीले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षात्कारमा उनले भने, ‘अब पनि अध्यक्ष त ओली नै हो नि, यसमा शंका छ र ? अध्यक्षमात्रै होइन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ ।’
अधिकारीले उपाध्यक्ष मैदानमा आउँदैमा केही फरक नपर्ने भन्दै अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावललाई कटाक्ष गरे । ‘एमाले देशको ठूलो पार्टी हो । लोकतान्त्रिककरणको च्याम्पियन हो–एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ । मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो ?’ उनले प्रश्न गरे ।
विधान महाधिवेशन पनि सर्वसम्मत गरेको स्मरण गराउँदै अधिकारीले थपे, ‘अहिले नेतृत्वको महाधिवेशन हुँदैछ । नीतिमा कुनै फरक छैन । विधान महाधिवेशनले नीति सार्वजनिक भैसकेको छ, अब नेतृत्व सर्वसम्मत हुन्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend