काठमाडौं । नेकपा एमालेको चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन मूल व्यवस्थापन समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
समितिका अनुसार महाधिवेशनको उद्घाटन १० मंसिरमा नारायण नदी किनारमा दिउँसो १२ गते अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ । बन्दसत्र सौराहमा हुनेछ । प्रतिनिधिलाई सौराह आसपासमै आवास र सामूहिक भोजनको व्यवस्था गरिएको छ ।
महाधिवेशनमा विद्युतीय मतदान गरिनेछ । १० मंसिरमा उद्घाटनपछि ११ गते निर्वाचन प्रक्रिया सुरु हुने र १२ गते मतपरिणाम घोषणा हुने समितिले जनाएको छ ।
त्यसैगरी चितवन आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने निर्णय समितिले गरेको छ । बुधबार बसेको समिति बैठकले कम्तिमा ५ लाख जनसभागिता गराउने निर्णय गरेको प्रवक्ता योगेश भट्टराईले जानकारी दिए ।
बैठकले विदेशमा रहेका भाइचारा संगठनलाई निमन्त्रणा पठाउने गर्ने निर्णयसमेत गरेको छ । विदेशी दललाई पनि आमन्त्रण गरेको छ । दक्षिण एसियाका सत्तारुढ र विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको समितिका सदस्यसमेत रहेका भट्टराईले जानकारी दिए । उनकाअनुसार भारत र चीनसहित ६२ राजनीतिक दललाई निमन्त्रणा गरिएको छ ।
व्यवस्थापन समितिको बैठकले २७ कात्तिकको प्रतिनिधि चयन सम्पन्न गर्न जोड दिएको छ । देशभरबाट १९९९ जना छनोट हुनेछन् । सबै प्रतिनिधिको सम्पूर्ण विवरण ३० कात्तिकभित्र केन्द्रीय कार्यालयमा उपलब्ध गराउन निर्देशन दिएको छ ।
बैठकले महाधिवेशनको प्रचारमा भित्ते लेखन नगर्ने निर्णय गरेको छ । प्रचार प्रसारमा डिजिटल फर्म्याट प्रयोग गर्ने समितिको निर्णय रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend