ओखलढुंगा । नेकपा एमालेकाे १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएकाे छ । दुई गुटबीचकाे विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खाेजेपछि निर्वाचन निश्चित भएकाे हाे । मंगलबार भएकाे सचिवालय बैठकमा सहभागी सदस्यहरुले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए ।
सचिवालय बैठकबाटै नेताहरुले गुटका मान्छे प्रतिनिधि लैजान खाेजेपछि निर्वाचनमा जान सदस्यहरुले जाेड दिएका हुन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब एक सय जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यकाे प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएकाे बताए ।
एमालेमा दुई गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल,अम्बीर गुरुङ, नानीबाबु बुढाथाेकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतकाे एक समूह र यज्ञराज सुनुवार, किशाेर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतकाे अर्काे समूह बनेकाे छ । यी दुई समूहबीच प्रतिनिधि काे पठाउने भन्ने सहमति नहुँदा चुनाव हुने देखिएकाे हाे ।
माओवादीबाट आएका बालकृष्ण ढुंगेलकाे समूह अम्बीर गुरुङसँग जाेडिएपछि साविक ओली गुट दुई समूहमा छ । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए ।
साविक ओली समूहमा लागेका जिल्ला अध्यक्ष माेहन श्रेष्ठ र सचिव शंकर कटवाल गुरुङ-ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज-किशाेर समूह नजिक रहेकाे बताइएकाे छ । प्रदेश सांसदसमेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटकाे विषयमा अध्यक्ष श्रेष्ठकाे भनाभनकै तहमा विवाद भएकाे एक नेताले जानकारी दिए ।
पालिका अधिवेशनबाटै गुट उपगुटकाे सिकार बनेकाे एमाले प्रतिनिधि छनोटमा दुई समूहले नै उम्मेदवार उठाउने निश्चित छ । आ-आफ्नाे समूहकाे गृहकार्यमा नेताहरु जुटेका छन् । पालिका तहमा निर्वाचन हुने र त्यसकाे तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएकाे नेता सीताराम गुरुङले बताए । मनाेनयन दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने टुंगो लाग्ने उनको भनाइ छ ।
जिल्लाबाट बढीमा समावेशीसमेत गरी ८ जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यता अझै यकिन भइसकेकाे छैन । एमालेकाे १०औं महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदैछ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend