धनगढी । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीम रावललाई अराजक भएको आरोप लगाएका छन् ।
मंगलबार सम्पन्न एमाले प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सुनाउँदै भट्टले रावलका अभिव्यक्तिहरूप्रति लक्षित गर्दै अराजक भइरहेको बताएका हुन् । एमाले उपाध्यक्ष रावलले मंगलबार बिहान पोस्ट गरेको ट्वीटको जवाफ दिँदै इन्चार्ज भट्टले मतभेदहरू पार्टी कमिटीमा राख्दा उपयुक्त हुने भए पनि मिडियामार्फत पार्टीमा भएका मतभेदहरू सार्वजनिक गर्नु संगठनात्मक अराजकता भएको बताए ।
‘कि उहाँले पार्टी नै अवैधानिक हो भन्नु पर्यो,’ इन्चार्ज भट्टले भने,‘नत्र पार्टीले गरेको निर्णय कसरी अवैध हुन्छ। कसैको स्वार्थ अनुसार महत्वकांक्षा पुरा गर्दा त्यो निर्णय सही हुने अरू निर्णयहरू अवैध हुने भन्ने हुँदैन ।’
प्रदेश कमिटी बैठकबारेमा जानकारी दिन फोन गर्दा रावलले नआउने तपाइहरू गर्नुहोस् भन्ने जानकारी दिएको इन्चार्ज भट्टले बताए । बैठकले उपसचिवमा बलदेव रेग्मी र भागरथी बिस्टलाई चयन गरेका छन् । भट्टले १ सय ८३ सदस्यीय प्रदेश कमिटी सदस्यहरूमध्ये खाली भएका संख्या संख्या पूर्ति गरेको बताए ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend