Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक


    सोमबार, कार्तिक २२ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ । 

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन् । 

    बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ । 

    बैठकमा मुलुकको समसाययिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार