Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. बाबुरामको ओलीलाई चुनौती, मेरी छोरीले बेलायत पढेको पुष्टि गर्नुहोस्


    आइतबार, कार्तिक २१ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  काठमाडौं । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका पछिल्ला अभिब्यक्तिले उनी झन् झन् हल्का हुँदै जान थालेका छन् । महेश बस्नेतहरुको झुन्डले राजनेता भन्दै आएतापनि ओलीका अभिब्यक्तिले उनमा सत्ता गुमेको छटपटी झल्किन थालेको छ ।

    ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले बेलायतमा कुन स्रोतले अध्ययन गरिन् भन्ने अभिब्यक्ति पनि विवादमा परेको छ । मानुषीले बेलायतमा अध्ययन गरे नगरेको एकीन नगरी ओलीले बाबुरामले छोरी कुन स्रोतबाट बेलायतमा अध्ययन गराए भन्ने अभिब्यक्ति दिएका थिए । ओलीको उक्त अभिब्यक्ति सार्वजनिक हुनासाथ डा.भट्टराईले सामाजिक संजाल ट्वीटरमा मानुषीले बेलायतमा अध्ययन गरेको पुष्टी गर्न चुनौती दिएका छन् । हचुवाका भरमा दिएको अभिब्यक्तिले ओली नै विवादमा परेका छन् ।

    यसअघि ओलीले माओवादीका छर्रा लागेका र गोली लागेका माओवादीको उपचार एमालेले गरिदिन्छ, पार्टी केन्द्रीय कार्यालयमा आउनुस् भन्ने अभिब्यक्तिको काउन्टरमा नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले ‘आफ्नै उपचार राज्यकोषबाट करोडौं खर्च गरी गरेका ओलीले कुन मुखले माओवादी लडाकूको उपचार गर्ने भन्न सकेका हुन्’ भनी प्रश्न गरेका थिए ।

    ओलीको उपचार राज्यकोषबाट करोडौं खर्च गरी गरिएको त महालेखा परीक्षकको प्रतिवेदनमै उल्लेख छ । तर ओलीले गगन थापाको प्रश्नको जवाफ बिषयान्तर गरी दिएका थिए । आफ्नो उपचार स्वदेशमा नभएकाले विदेश गएको र स्वदेशमा उपचार हुने भएपछि गरेको भनी राज्यकोषबाट करोडौं खर्च गरेकोबारेमा चुईक्क पनि उच्चारण गरेका थिएनन् । ओलीले डा. बाबुराम भट्टराईकी छोरी बेलायतमा अध्ययन गरे नगरेको एकीन नै नगरी हचुवाका भरमा झुटो भाषण गरेकाले उनी कतिसम्म तल्लोस्तरमा उत्रन सक्छन् भन्ने देखाएको छ ।  

    केपी ओलीले बालकोटमा कुन स्रोतले दरबार ठड्यायो भन्ने प्रश्न गरेमा उनले त्यसको के उत्तर दिन्छन् ? जनताले यति समूहलाई लाभ पुर्याउन राज्यको सम्पत्ति दाइजो सरह दिएबापत बालकोटको दरबार ओलीले ठड्याएका होइनन् भन्ने प्रश्न गर्ने बेला भएन र ?

     हैसियतकै कुरा गर्दा बाबुराम पेशाले इन्जिनियर हुन्, बिद्याबारिधी गरेका छन् । सबैलाई थाहा नै होला मानुषी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययनरत रहँदा बिद्यार्थी  नेता थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार