Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भन्छन्: गठबन्धन लोकतन्त्रको भक्षक हाे, हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो


    आइतबार, कार्तिक २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन लोकतन्त्रको नास गर्ने भक्षकहरुको समूह भएको आरोप लगाएका छन् ।

    आइतबार काठमाडौंमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ५ दलीय सत्तारुढ गठबन्धन लोकतन्त्रको रक्षक नभई भक्षक भएको आरोप लगाएका हुन् ।

    ‘अहिले यो ५ दलीय गठबन्धन छ नि ! बर्का राधे राधे लगाएका हुन् कि ? राम राम लगाका हुन् कि कृष्ण कृष्ण । यी सबै लोकतन्त्रका भक्षकहरु हुन् ।भक्षीहरु हुन्’, ओलीले भने, ‘यिनीहरुलाई लोकतन्त्रका मूल्य मान्यता होइन, सत्ता चाहिएको छ, स्वार्थ पूरा गर्नुछ ।’

    ओलीले देश, लोकतन्त्र र संविधानको रक्षा एमालेले मात्रै गर्ने भन्दै एमाले नभएको भए यसअघि नै १७ साल दोहोरिने पक्का रहेको बताए । ‘हामी हुँदैनथियौ भने १७ साल अस्ति नै आइसक्थ्यो, यहाँ एमाले छ त्यसकारण १७ साल आउन सक्दैन’, ओलीको भनाइ छ ।
     
    अध्यक्ष ओलीले संविधान एउटा पुस्तक भएको भन्दै त्यो  पुस्तक च्यात्न कुनै समय नलाग्ने बताए  । एमाले सरकार छोड्न तयार भएको छ तर संविधान च्यात्न र लोकतन्त्र तलमाथि हुन नदिने ओलीले बताए । उनले भने, ‘नेकपा एमाले यो अठोटमा रहेकाले नै लोकतन्त्र अडिएको हो ।’
     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार