काठमाडौं । नेकपा माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले राजनीतिमा नलागेका व्यक्तिलाई राजदूत बनाउन प्रस्ताव गरेका छन् ।
सरकार परिवर्तनसँगै पूर्ववर्ती सरकारले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने संस्कारको विरोध गर्दै उनले राजनीतिमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूलाई राजदूत बनाउन सार्वजनिक रूपमा प्रस्ताव गरेका छन् ।
सरकार परिर्वतनसँगै राजदूत फिर्ता बोलाउने परम्पराले स्थायित्वको आशंकाको कारण संबन्धित् देशहरूमा काम गर्ने वातावरण नबन्ने भन्दै उनले भनेका छन्, ‘अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको थिएँ । संविधान, कानुन र लोकतान्त्रिक मुल्यमान्यता विपरित नियुक्ति गरिएका, असक्षम र व्यबहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टि भएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनु पर्दछ, सबैलाई एकमुष्ट रूपमा होइन । यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदुतहरू फिर्ता बोलाउने परम्परा बन्छ । त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदुतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण सम्बन्धित देशहरूमा काम गर्ने वातावरण बन्दैन ।’
राजनीतिमा नलागेकालाई राजदूत बनाउन सार्वजनिक रूपमा प्रस्ताव गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भनेका छन्, ‘अब छिट्टै राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने होला । यद्यपि प्रमले तीन जनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तिमा पनि केही संख्या पार्टीहरूको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुबैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने, तर लागु गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहास गरौं ।’
विदेश विभाग प्रमुख श्रेष्ठले सार्वजनिक रूपमा गरेको प्रस्ताव :
प्रतिगमन विरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरूमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो । अनिवार्य जस्तै थियो सहभागिता । संघर्षको सफलतापछि पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरूमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु ।
त्यस्तै एउटा बैठकमा मैले अघिल्लो सरकारले नियुक्ति गरेका सबै राजदुतहरू फिर्ता बोलाउने सकारको निर्णयलाई बेठीक भन्दै असहमति जनाएको थिएँ । मेरो धारणा यस्तो थियो र रहेको छ । संविधान, कानुन र लोकतान्त्रिक मुल्यमान्यता विपरित नियुक्ति गरिएका, असक्षम र व्यबहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनु पर्दछ, सबैलाई एकमुष्ट रूपमा होइन । यसो गर्दा हरेक सरकारले अघिल्लो सरकारले गरेका राजदुतहरू फिर्ता बोलाउने परम्परा बन्छ । त्यस स्थितिमा हामीले पठाएको कुनै देशको राजदुतले पनि राम्ररी काम गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ । स्थायित्वको आशंकाको कारण संबन्धित देशहरूमा काम गर्ने वातावरण बन्दैन । शीर्षस्थ नेताहरूले यो कुरा ठीकै भएपनि निर्णय भइसकेकाले अब छलफल नगरौं भन्नुभयो र त्यो कुरा सकियो ।
अब छिट्टै राजदूतहरूको नियुक्ति प्रकृया अघि बढ्ने होला । यद्यपि प्रमले तीन जनाको नियुक्ति गरिसक्नुभयो । अब बाँकी राजदूतहरू नियुक्तिको सम्बन्धमा मेरो समयमै अनुरोध छ, कम्तिमा पनि केही संख्या पार्टीहरूको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र ब्यक्ति दुबैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने, तर लागु गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहास गरौं ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend