सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफू मुख्यमन्त्री भएको चार दिन बित्दा समेत मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् । माओवादी केन्द्रमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग गत बैशाख महिनामा भएको सहमतिअनुसार यही कात्तिक १५ गते मुख्यमन्त्री शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए ।
माओवादी केन्द्रका १२, कांग्रेसका ६ जना र नेकपा(एकिकृत समाजवादी)का ३ जना सांसदहरुले समर्थनमा शाही मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भएकै दिन मन्त्रीपरिषद् विस्तार हुने अनुमान गरिएको भएपनि शाहीले राती साढे आठ बजे एक्लै मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए ।
मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीसहित २ मन्त्रालय आफुसँग राख्न चाहेका छन् । माओवादीले सबैभन्दा ठुलो दल भएका कारणले ४ मन्त्रालयको माग गरेको छ भने नेकपा (एकिकृत समाजवादी)ले ३ मन्त्रालयको माग गरेको छ ।
कर्णालीमा ४० प्रदेशसभा सदस्य भएका कारणले ८ जनाभन्दा बढी मन्त्रीमण्डलको विस्तार गर्न नपाउने तर, सत्ता गठबन्धनका दलहरुले मन्त्रालयको माग बढी गरेका कारणले मन्त्रीमण्डल विस्तार हुन ढिलो भएको हो ।
मुख्यमन्त्री शाहीले माओवादीलाई ३ मन्त्रालय, एकिकृत समाजवादीलाई २ मन्त्रालय र आफुसँग मुख्यमन्त्रीसहित २ मन्त्रालय माग गरेका कारणले सरकार विस्तार ढिलाई भएको एकिकृत समाजवादीका एक सांसदले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend