अछाम । अछामका १० स्थानीय तहमध्ये आठमा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साँफेबगर, मंगलसैन र कमलबजार नगरपालिका तथा बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी, मेल्लेख, ढकारी र तुर्माखाँद गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएकाे हो ।
तर, पञ्चदेवल विनायक नगरपालिका र रामाराेशन गाउँपालिकामा भने नेतृत्व चयन गर्न बाँकी छ ।
मंगलसैनमा बीर्ख बोगटीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएकाे छ । उपाध्यक्षमा तकेन्द्र रावल, सचिव डम्मर रावल, उपसचिवमा लालसरि सुनार र कालुसिह विक रहेकाे एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिए ।
साँफेबगरमा ललित कुँवरको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा उपाध्यक्षमा ललित रैगाई, सचिवमा ललित बाेगटी र उपसचिवमा यदिन मिया चयन भएका छन् ।
कमलबजारमा खेमराज जोशीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएकाे छ । उपाध्यक्षमा लोकबहादुर शाही, सचिवमा दुर्गाप्रसाद तिमेलसैना तथा उपसचिवमा कमलप्रसाद बजगाईँ र जुना खड्का छन् ।
तुर्माखाँदमा गौमती शाहीको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा धनबहादुर साउँद, सचिवमा पदमबहादुर बिसी तथा उपसचिवमा नवराज धमाला र विनोद शाही छन् ।
रपाटीमा झंकर साउँदको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा प्रेम खड्का, सचिवमा पूर्ण खड्का तथा उपसचिवमा रमेश विक र लक्ष्मीदेवी खड्का रहेका छन् ।
बान्नीगढीमा हर्कबहादुर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा गणेशबहादुर साउँद, सचिवमा लोकबहादुर ठकुल्ला् तथा उपसचिवमा प्रेमबहादुर रावल र प्रगति रावल छन्।
ढकारीमा अम्बरबहादुर बुढाको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन भएको छ। उपाध्यक्षमा भवानिप्रसाद उपाध्याय, सचिवमा नहकुल साउँद, सहसचिवमा हिक्मत साउद र जानकी साउFद बोहरा छन् ।
मेल्लेखमा केशर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा अनिल शाह, सचिवमा सुरेन्द्र साउँद र उपसचिवमा चन्द्रकला बुढा रहेका छन्।
पञ्चदेवल विनायक नगरपालिकामा २१ गते पालिका अधिवेशन हुने एमालेले जनाएकाे छ । रामारोशन गाउँपालिकामा बन्द सत्र २० गतेका लागि सारिएकाेकार्यालय सचिव केसीले जानकारी दिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend