Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मिश्र पक्षको विधान संशोधनलाई निर्वाचन आयोगले दियो बैधता


    बिहिबार, कार्तिक १८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

    आयोगले बुधबार विज्ञप्ति जारी गर्दै विवेकशील साझाको विवरण अद्यावधिक भएको जानकारी गराएको छ ।

    मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गर्दै संयोजक मिलन पाण्डेको अधिकार खाेसेकाे थियाे भने संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको थियाे ।

    त्यो निर्णयअनुसार विधान संशोधन र केन्द्रीय समिति सदस्य १२४ जना (५ जनाको राजीनामा र एक जनाको मृत्यु भएका कारण) कायम भएको जानकारी गराउँदै विवरण अद्यावधिक गर्न पत्र लेखेको थियो ।

     

    हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :

    rabindra-mishra.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार