Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले देउवासँग मिलेर एमसीसी पास गराउन खोजेकै हुन् ? 


    बिहिबार, कार्तिक १८ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर एमसीसी पास गराउन पत्र लेखेको रहस्य खोलेका छन् । देउवाले प्रचण्डसँग मिलेर अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्स कर्पाेरेशन एमसीसी पारित गर्ने प्रतिवद्धता पत्र पठाइएको खुलासा गरेपछि राजनीतिमा तरंग पैदा भएको छ ।

    प्रचण्डले भने एमसीसी अहिलेकै अवस्थामा पारित हुनै नसक्ने बताउँदैआएका छन् । देउवाले प्रचण्डसँग मिलेर एमसीसी पास गराउन पत्र लेखेको बताएका छन् ।

    आज स्वदेश फर्किएलगत्तै त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग बोल्दै देउवाले भने–‘प्रचण्डजी र मैंले एमसीसी पास गराउँछौं भनेर पत्र पठाइसकेका छौं ।
    एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुसँग देउवाले बेलायतमा भेटघाट गरेका थिए । बेलायतमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा देउवा सहभागी हुँदा ल्याटोतुंसँग एमसीसीबारे नै कुराकानी भएको थियो । त्यहाँबाट फर्किएपछि उनी एमसीसी पास गराउने रणनीतिमा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार