खोटाङ । खोटाङमा नेकपा (एमाले) र एमालेबाट अलग भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीचमा कार्यक्रममार्फत एकले अर्कालाई काउण्टर गर्न थालेका छन् ।
एमालेको खोटाङ–काठमाडौं सम्पर्क मञ्च र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ-काठमाडौं सम्पर्क मञ्चले एकै दिन काठमाडौंमा देउसीभैली कार्यक्रम गरेको छ । बुधबार एमालेको खोटाङ-काठमाडौं सम्पर्क मञ्चले अन्नपूर्ण पाटी भेन्यू, पुरानो बानेश्वरमा देउसीभैली गरिरहँदा एकीकृत समाजवादी खोटाङ–काठमाडौं सम्पर्क मञ्चले शान्तिनगरस्थित बेबिलोन नेशनल सेकेण्डरी स्कुलमा देउसीभैली कार्यक्रमको आयोजना गरेको थियो ।
१२ कात्तिकमा एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठक बसेर जिल्ला कमिटीको जिम्मेवारी हेरफेरदेखि, पालिका इन्चार्ज, सह–इन्चार्ज, विभागलगायतको जिम्मेवारी टुंग्याउने निर्णय गर्यो । त्यहीँ दिन एमाले जिल्ला कमिटीको ७औं सचिवालय बैठक बस्यो र पार्टी सदस्यताको काम टुंग्याउनका लागि १० वटै पालिकामा उत्प्रेरकको जिम्मेवारी बाँडफाँड गर्नेदेखि बेमौसमी वर्षाका कारण जनधनको क्षति ब्यहोरेका नागरिकलाई राहत प्रदान गर्न सरकार समक्ष माग गर्ने लगायतका निर्णय गर्यो । कतिसम्म भने दुबै पार्टीको बैठकको निर्णय सार्वजनिक गर्ने मितिसमेत एकै दिन पारिए । १४ कात्तिक विहान एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गर्यो भने एमालेले दिक्तेलको होटल भिलेजमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो ।
एमाले र नेकपा (एस)को बैठक तथा कार्यक्रमको मिति एकै दिन पर्नुलाई संयोगमात्र मान्न नसकिने स्वयं तिनै पार्टीका नेता तथा कार्यकर्ता बताउँछन् । पार्टीभित्र देखिएको विभाजनका कारण ढुलमुल भएका नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीमा अलमलाउनका लागि दुई पार्टीले कार्यक्रम जुधाउने गरेको बताइन्छ । फरक विचार राख्ने पार्टी तथा नेताप्रति सहिष्णु बन्नु राजनीतिक ‘कल्चर’ हो, तर दुई पार्टीबीचमा कार्यक्रममार्फत एकले अर्कालाई ‘काउण्टर’ गर्ने गरेका छन् । जिल्लामा शक्ति प्रदर्शनमासमेत दुई पार्टीबीचमा होड चल्न थालेको देखिन्छ ।
१३ कात्तिकमा एकीकृत समाजवादी र एमालेको पत्रकार सम्मेलन हुने जानकारी केही पत्रकारलाई गराइए तर एकको पत्रकार सम्मेलन अर्को दिन सर्ने भएपछि दुबै पार्टीको पत्रकार सम्मेलन १४ कात्तिकमा पारिएको थियो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend