काठमाडौं।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विवेकको फैसला जनताले गर्ने बताएका छन् । मानिसको विवेकलाई सत्य र इमान्दारिताका रूपमा परिभाषित गर्दै श्रेष्ठले यसमा अडिग रहे कहीँ पनि चुक्ने अवस्था नआउने बताए ।
वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको ‘कल्याण श्रेष्ठ क्षमता भएर पनि विवेक नभएको मान्छे’ भन्ने टिप्पणीकाे जवाफ फर्काउँदै श्रेष्ठले विवेकको विषयमा आफूले दाबी नगर्ने बताए ।
‘मेरो विवेकमा प्रश्न आएको छ । विवेकमा प्रश्न गर्ने कोही कोही निस्केको छ । म विवेकमा दाबी गर्दिनँ । म विवेकशील मान्छे हुँ भनेर धेरै ठूलो दाबी गर्दिनँ’, बुधबार काठमाडाैँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा श्रेष्ठले भने, ‘मैले जिन्दगीमा गरेका निर्णयहरूमा कति विवेक पुग्यो होला, पुगेन होला, त्यो जनताकाे माझमा छ, जनताले नै निर्णय गर्न सक्छ ।’
विवेकको विषय धेरै ठूलो दाबी गर्ने विषय आफूलाई नलाग्ने उनको भनाइ छ । ‘विवेकको सवालमा सकेसम्म विवेकशील अभ्यास गर्ने हो । विवेकको दाबी गरेर स्वामित्व ग्रहण गर्ने विषय होइन । विवेकमा शंकराचार्य चुडामणिको कुरा गर्नुपर्छ । विवेकमा चाहिने सत्यको सार्वभौमिकता हो । सत्यको सार्वभौमिकतालाई मनन गर्दै निर्णय गर्न सक्नुभयो भने तपाई चुक्नुपर्ने कुनै ठाउँ हुँदैन,’ उनले भने ।
विवेक सत्य र सार्वभौम भएकाले विवेकको अनुशीलन र प्रयोग गर्ने भनेको सत्यको अनुशीलन गर्ने भएकोझ उल्लेख गरे । त्यसमा कति इमान्दार ढंगले काम गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनको धारणा छ ।
कार्यक्रममा पूर्वप्रधानन्यायधीश श्रेष्ठले आज राज्यका तीनै अंगमाथि अविश्वास र वितृष्णा बढेको बताए । ‘आज कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कतै पनि सन्तोष गर्ने ठाउँ छैन । तीनै तहका सरकारमा हेर्यो भने समस्या ग्रस्त देखिन्छ । संविधान त राम्रै बनाएको भनेको हो । राम्रो बनाएको संविधानको राम्रो भोग हुनुपर्यो नि । । राम्रो कानुन, राम्रो नतिजा हुनुपरयो नि,’ उनले भने ।
राम्रो देखाउन संविधान नलेखेको भन्दै उनले राम्रो भोग देखाउन लेखेको बताए । ‘कार्यान्वयन गर्न लेखेको हो । खै गरेको ? दलहरुले जवाफदेहिता देखाउनुपर्दैन ?’ उनले प्रश्न गरे । दलहरुले आफ्नो अहमियत बढाउन जनतालाई दास बनाएको भन्दै उनले आलोचना गरेका थिए । प्रजातन्त्रमा दलभन्दा जनता महत्वपूर्ण भन्दै अहिले जनताभन्दा दल नै प्रजातन्त्र मानिन थालेकोमा चिन्ता व्यक्त गरे । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend