काठमाडौं । नेपाल एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभित्र र बाहिरका राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराइने भएको छ ।
आउँदो १०–१२ मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा देशभित्र र बाहिरका राजनीतिक दलका नेतासहितलाई आमन्त्रण गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
महाधिवेशनका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक शक्ति र नेपालमा रहेका कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन् । देशभित्रका ‘ठेगाना’ खुलेका राजनीतिक शक्तिलाई आमन्त्रण गरिने भट्टराईको भनाइ छ ।
उनकाअनुसार महाधिवेशनमा एमालेसँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरू तथा आइक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरूलाई निमन्त्रणा गरिएको छ ।
निमन्त्रण पठाइएकाबाट सकारात्मक सन्देश प्राप्त भएको भट्टराईले बताए । साथै उनका अनुसार नेपालका प्रमुख राजनीतिक दलहरू र नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखहरूलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिनेछ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend