Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापा भन्छन्: अब एमालेलाई कुचो लगाएर बढार्ने हो, कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो


    बुधबार, कार्तिक १७ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन् ।

    भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अब हुने चुनावमा एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा कुचो लगाएर बढार्ने बताएका हुन् ।

    ‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने।

    एमाले पार्टी नभई ओली एण्ड कम्पनी भएको आरोप लगाएका छन् । उनले  भने- ‘एमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु । भीम रावल र घनश्याम भुसाल । बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार