उदयपुर।नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री प्रदेश १ का इन्चार्ज राम कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको औंल्याए ।
संगठन विस्तार तथा सुदृढीकरण र प्रशिक्षणका क्रममा उदयपुरको बेलका नगरपालिकास्थित रामपुरमा आयोजित कार्यक्रमलाई प्रशिक्षण दिँदै कार्कीले यस्तो खतरा औंल्याएका हुन् ।
कम्युनिस्टहरूले स्थापनाकालदेखि जसका लागि लड्दै आए, माओवादीको १० वर्षे जनयुद्धले आधारभूमि तयार गरेपछिको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थालाई एमाले अध्यक्ष रहेका ओलीबाटै गम्भीर खतरा रहेको उनले बताए ।
ओलीसँगै पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबाट परिवर्तनका उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उनले यसको रक्षाका लागि अब सबै परिवर्तनकामी शक्तिहरूलाई माओवादीले संगठित गरेर अघि बढ्न जोड दिए ।
परिवर्तनका मुद्दा माओवादीले स्थापित गरे पनि संस्थागत हुन बाँकी रहेकै बेला ओली, ज्ञानेन्द्र र कमल थापाबाट लगातार आक्रमण भइरहेको भन्दै कार्कीले यसको रक्षा गर्ने मुख्य दायित्व माओवादीकै भएको बताए । ‘माओवादीले १० वर्षे जनयुद्धबाट धेरै परिवर्तन ल्याएको छ । त्यसमध्ये मुख्य संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था हुन्’, कार्कीले भने ‘अहिले यी उपलब्धिमाथि ओली, ज्ञानेन्द्र र कमलहरूबाट गम्भीर धावा बोल्ने काम भइरहेको छ । त्यसको रक्षा गर्न तपाईं हामी सबै लागी पर्नुपर्छ, परिवर्तनगामी अन्य शक्तिहरूले पनि साथ दिनुपर्छ ।’
एमालेसँग एकीकरणले गर्दा पनि परिवर्तन खतरामा परेको उनको भनाइ छ । एकीकरणका कारण बलिदानपछि आएको परिवर्तनको संस्थागत गर्ने जिम्मा ओलीको हातमा पुगेपछि अहिले खतरा आउनु स्वाभाविक भएको उनको दाबी छ ।
प्रचण्डको छिटो विश्वास गर्ने लचिलो स्वभावले गर्दा उनीमाथि आफ्नै पार्टीका साथीहरूले धोका दिँदै आएको पनि उनले बताए । ‘पहिले ठूलठूला भाग खोज्छन्, नपाएपछि पार्टी छाडेर जान्छन् । उता पनि केही नपाएपछि फर्केर रोइकराई गर्छन्,’ एमाले छिरेका बादल, भट्ट, रायमाझी र साह प्रति इंगित गर्दै उनले भने, ‘हो त भनेर ठाउँ दिन्छन् । केही समयपछि मादल बनाउन थालेपछि बल्ल थाहा पाउँछन् ।’
पार्टीभित्र पुँजीवादी विचलन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कार्कीले संसदीय व्यवस्था भएकाले कतिपय कुरा ढाँटेर पनि गर्नु पर्ने बाध्यता आइपरेको सुनाए । प्रशिक्षणको क्रममा फरक प्रशंगमा नेता कार्कीले कम्युनिस्टहरू नदेखिने कुरामा आस्था गर्ने नभएर व्यवहारिक कुरामा विश्वास गर्ने आचरणको हुनु पर्ने बताए ।
एमाले यथास्थितिबादी पार्टी भएको भन्दै उनले पार्टी फुटे पनि सूर्य चिन्ह छाड्न नसकेर धेरै नेता कार्यकर्ता त्यही बसेको बताए । ‘सूर्य चिन्ह छाड्न सक्दिन भन्नु र जनाई छाड्न सक्दिन भन्नु उस्तै हो, अनि कसरी एमाले परिवर्तनकारी हुनसक्छ ?,’ उनले भने । जनता परिवर्तनको पक्षधर भएकैले जंगल छाडेर आएलगत्तै चुनाव जिताएको उनले बताए ।
माओवादीले अघि सारेको संघीयता, गणतन्त्र र समावेशिताको नारालाई संस्थागत गर्नेतर्फ ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिँदै उनले गणतन्त्र भाषण र कुरा गराइमा मात्र सीमित नभएर व्यवहारमा लागू गर्न कार्यकर्तालाई निर्देशन दिए । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend