काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा काँग्रेस कमजोर भएको बताएका छन् ।
कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले भने, ‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले अहिलेको दुर्दशा भोग्नु परेको छ । लोकतान्त्रिक पार्टीभित्र नै अलोकतान्त्रिक गतिविधि भइरहेको छ । कांग्रेस कमजोर हुँदा कम्युनिस्टले मौका पाए । तर पाएको मौकामा देश विगार्न तिर लागे । संविधानमाथि निरन्तर प्रहार गरे ।’
संविधान र लोकतन्त्र जोगाउन कांग्रेस नेतृत्वको सरकार बनेको उनको भनाइ थियो । नेता सिंहले वर्तमान सरकारले जनताको भावना र इच्छाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
१३औं महाधिवेशन भएको दुई महिनाभित्रमा गठन हुनुपर्ने विभागहरु गठन हुन नसक्दा महाधिवेशन समयमा नै सम्पन्न गर्न नेतृत्व असफल भएको तर्क गर्दै सुरुदेखि नै नेतृत्व विधि विधानविपरीत काम गर्न लागि परेको उनले आरोप लगाए । विधानअनुसार काम गर्न नसक्दा अझै पनि पार्टी महाधिवेशन हुनेमा कार्यकर्ताले आंशका व्यक्त गरिरहेको उनले सुनाए । यही अवस्था रहिरहे भविष्यमा कांग्रेस कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आउने र कांग्रेस प्रजा परिषद्को बाटोमा जाने उनले चेतावनी दिए । पार्टीमा क्रियाशील विवाद समाधान गर्न गठन भएका विभागहरुलेसमेत उल्लेखनीय काम नगरेको उनको आरोप छ ।
संस्थापक नेताहरुले निर्माण गरेको कांग्रेसको छविलाई रक्षा गर्न सकौला कि नसकौला भन्ने प्रश्न आइसकेकोसमेत उनले बताए । पार्टीलाई संस्थागत रुपमा सञ्चालन गरि शुद्धीकरण र सुदृढीकरण गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
संस्थापक नेताहरुको परिकल्पना र लक्ष्य पूरा गर्न अबको पुस्ता लाग्नुपर्ने उनको भनाइ छ । स्वस्थ प्रतिस्पर्धा गर्न महाधिवेशन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने समेत उनले माग गरे । विधि र नियमअनुसार क्रियाशील सदस्यता वितरण गरी सबै कुरालाई पार्टीको विधानअनुसार मिलाउनुपर्ने उनको भनाइ छ । कांग्रेसको केन्द्रीय बैठकले पारित गरेका कुराहरु लागु गर्न पनि केही निश्चित व्यक्तिको आदेश चाहिने परिपाटी तत्काल बन्द हुनुपर्ने उनको माग छ । पार्टीलाई सही ढंगले सञ्चालन गर्न नेतृत्वमा अनुशासन र जिम्मेवारी हुन जरुरी भएको उनले बताए ।
पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउनको लागि नेतृत्व परिवर्तनको आवश्यकता औल्याउँदै उनले वर्तमान नेतृत्वलाई जसरी पनि हटाउनपर्ने बताए ।
गणेशमान र वीपी कोइरालाले बनाएको पार्टी अहिले यो अवस्थामा पुग्दा पनि आवाज किन नउठाएको भनेर आफूलाई कार्यकर्ताले प्रश्न गर्न थालेको उनले गुनासो गरे । १३औं अधिवेशन पछि के वर्तमान सभापतिले पार्टी चलाउन सक्नु भयो त ? अब यसको जवाफ खोज्ने समय आएको उनको भनाइ थियो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend