चितवन । चितवनमा शीर्ष नेताको दौडधुप देखिन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रहेका चितवनमा नेकपा एमालेले पनि विशेष चासो राखेको देखिन्छ ।
तत्कालीन माओवादी नेतासमेत रहेका एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को पनि निर्वाचन क्षेत्र रहेकाले चितवन अर्थपूर्ण रहेको देखिन्छ ।
साविक नेकपा खारेज र एमाले विभाजनपछि चितवन राजनीतिक महत्वको रूप देखिएको हो । गत शुक्रबार चितवनमा प्रचण्डले आफू आगामी निर्वाचनमा चितवनबाटै चुनाव लड्ने बताए ।
केही समयअघि बादलले प्रचण्डलाई निर्वाचनमा हराउने अभिव्यक्ति दिएका थिए भने एमाले अध्यक्ष केपी ओलीले पनि प्रचण्डलाई हराउन घुमुरो शैलीमा अभिव्यक्ति दिँदै आएका छन् ।
सोही प्रसङ्गलाई लिएर प्रचण्डले आफूलाई कसैले हराउन नसक्ने, चितवनबाट भागेर नजाने बताएका थिए । उनी काठमाडौं फर्किसकेका छन् ।
उनी फर्किएलगत्तै एमाले अध्यक्ष ओली सोमबार चितवन आउँदै छन् । स्थायी कमिटी सदस्य बादल र सुरेन्द्र पाण्डेलाई लिएर उनी चितवन आउन लागेका हुन् ।
चितवनमा दुई दिनसम्म रहने ओली विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि ओली पहिलो पटक चितवन आउन लागेका हुन् ।
एमाले अध्यक्ष ओली सोमबार बिहान सडकमार्ग हुँदै चितवन आउने नेकपा एमाले चितवनले जनाएको छ । आउँदाआउँदै बाटोमा पर्ने भरतपुर महानगरपालिका–२९ दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको श्रद्धाञ्जली कार्यक्रममा उनी सहभागी हुनेछन् । मदन स्मृति पार्कको अवलोकन पनि गर्नेछन् ।
त्यसपछि महाधिवेशनको उद्घाटन सत्र हुने ठाउँ नारायणी नदी किनारको उनले स्थलगत निरीक्षण गर्ने नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । निरीक्षणपछि एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । महानगर कमिटीको अधिवेशन हाकिमचोकस्थित चितवन मिड टाउन रिसोर्टमा हुनेछ ।
अधिवेशनको उद्घाटन सकेर ओली एमाले महाधिवेशनको सम्पर्क कार्यालयको उद्घाटन गर्नेछन् । भरतपुर–७ स्थित एमाले चितवनको पार्टी कार्यालयमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । त्यसपछि उनी सौराहा पुग्ने छन् । सौराहामा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र हुनेछ ।
सौराहा कहाँनेर बन्दसत्र गर्ने भनेर एमालेले अझै निर्णय गरिसकेको छैन । सम्भावित स्थलको अवलोकन सकेपछि स्थानीय नेता कार्यकर्तासँग ओलीको सामान्य भेटघाट हुने कार्यक्रम छ ।
ओलीको सोमबारको रातको बसाइ सौराहामा नै हुने रावलले बताइन् । १६ कात्तिक (मंगलबार) बिहान ओली नारायणी नदी किनार शिवघाटमा पानी जहाजको अवलोकन गर्न जाने उनले बताइन् । पानी जहाजको अवलोकनपछि एमाले अध्यक्ष ओली सिधै माडीको अयोध्यापुरी जानेछन् ।
माडी नगरपालिका–९ अयोध्यापुरीमा अस्थायी राम मन्दिर निर्माण गरिएको छ । त्यसको ओलीले अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गर्नेछन् ।
ओलीले आफू सरकारमा भएका बेला रामको जन्म माडीको अयोध्यापुरीमा नै भएको भन्दै त्यस ठाउँमा अस्थायी मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिएका थिए । राम मन्दिरको अवलोकन सकेर ओली काठमाडौँ फिर्ता हुने कार्यक्रम छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend