Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलिदेखि कर्णालीका तीन मन्त्री स्वतः पदमुक्त हुँदै, अब को-काे बन्दैछन् ?


    आइतबार, कार्तिक १४ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुर्खेत । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । 

    भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ ।

    नेकपा एकीकृत समाजवादी पार्टीका उनीहरू तीनै जना प्रदेशसभा सदस्य होइनन् । उनीहरुलाई एमालेले कारवाही गरिसकेका कारण प्रदेशसभा सदस्य पद गुमाएका हुन् ।

    भोलि स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे औपचारिक धारणा बाहिर आइसकेको छैन ।​ कर्णालीमा आइतबार बसेको  नेकपा एकीकृत समाजवादी पार्टीको बैठक सम्भवतः नेकपा एकीकृत समाजवादीकै तीन प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइने सो पार्टीका एक नेताले  बताए ।

    गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि थापा, शाही र बुढालाई सरकारमा सामेल गरिएको थियो ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार