Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज नभए प्रतिवाद गर्ने नेविसंघको चेतावनी


    आइतबार, कार्तिक १४ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारुढ नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले  पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि खारेज गर्न माग गरेको छ । 

    नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै पेट्रोलिय पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरिए यो निर्णयको विरुद्धमा कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

    जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय नेविसंघलाई मान्य नहुने विज्ञप्तिमा उल्लेख छ ।  सरकारले तत्काल हस्तक्षेप गरी पेट्रोलियम पदार्थमा नेपाल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न नेविसंघले जोडदार माग गरेको छ । ‘पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज होस् । अन्यथा कडा प्रतिवाद गर्न बाध्य हुनेछौं ,’ विज्ञप्तिमा भनिएको छ । 

    rajib_TB.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार