काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीका नेतालाई पार्टी एकताका लागि अपिल गरेका छन् ।
जसपाका नेता महेन्द्रराय यादवको गृहजिल्ला सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले भएको सत्ता गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गर्न आह्वान गरे ।
‘सर्लाहीका जनप्रतिनिधि महेन्द्र राय यादव मेरो एकदमै नजिकको मित्र हुनुहुन्छ । उहाँलाई म आग्रह गर्न चाहन्छु, क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुँदैन । एकीकृत हौ । महासागर बनौ । किन अलग अलग जाने ?’ उनले आह्वान गरे ।
अध्यक्ष प्रचण्डले महेन्द्रसँगै अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टी एकता गर्न अपिल गरे । त्यसका लागि आफू जनकपुर आउन तयार रहेको उल्लेख गर्दै जनकपुरबाटै घोषणा गर्न प्रस्ताव गरे । ‘तपाईहरु ढिलो नगर्नुस् । हाम्रो पार्टीमा अधिकार र सम्मानमा कुनै कञ्जुस्याई गर्नेछैन । ढिलो नगरी पार्टी एकता गरौ । म जनकपुर आउँछु । त्यहीँबाट घोषणा गरौं,’ उनले भने ।
उनले पार्टी एकता भए मधेसमा लहर आउने पनि बताए । ‘अब एकता नगर्ने हो भने भीरमा जानेलाई राम राम भन्न सकिन्छ । काँध थाप्न सकिँदैन । अब मधेसी जनता झुक्किने दिन गयो । कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने सक्ने छैन,’ उनले भने ।न्युज कारखाना
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend