Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा जलवायु सम्मेलनका लागि लण्डनमा


    शनिबार, कार्तिक १३ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप-२६ मा सहभागी हुन लण्डन पुगेका छन् । देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित शुक्रबार नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए । नोभेम्बर १ र २ मा हुने सम्मेलनको वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 

    प्रधानमन्त्री देउवालाई लण्डनस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत रोशन खनालसहितले हिथ्रो बिमानस्थलमा स्वागत गरे । 

    शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममा देउवाले सम्बोधन गर्नेछन् ।

    प्रधानमन्त्री देउवा बेलायतबाट नोभेम्बर ३ मा स्वदेशका लागि प्रस्थान हुनेछन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार