काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट प्रस्तावित राजनीतिक दस्ताबेजलाई खारेज गर्ने निर्णय गरेको छ । वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत रहेको ठहर गर्दै शुक्रबार काठमाडौंमा बसेको पाण्डे समूहको बैठकले सबै निर्णय खारेज गर्ने जनाएको हो ।
बैठकले पार्टीमा अनुशासन उल्लंघन गर्नेमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न आशुतोष तिवारीको नेतृत्वमा न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णयसमेत गरेको छ । आयोगलाई पछिल्लो पाँच महिनाको अनुशासन उलंघनका घटनाहरूको एक हप्ताभित्र अनुसन्धान गर्न, अभिलेखन गर्न र सोही अनुसारको कारबाही प्रक्रिया अगाडी बढाउन जिम्मेवारी दिइएको छ ।
यस्तै ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ सञ्चालन गरेर पार्टीमा गुटको अन्त्य गर्ने निर्णय बैठकले गरेको छ । पार्टी सुदृढीकरणका लागि प्रशिक्षण चलाउने, अभियान र संगठनलाई तलैबाट मजबुत बनाउने पाण्डे समूहले जनाएको छ
यस्तो छ विज्ञप्ति
आज मिति ०७८ कार्तिक १२ गते शुक्रवार विवेकशील साझा पार्टीको ८औँ केन्द्रीय समितिको बैठक पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेको अध्यक्षतामा बस्यो ।
बैठकले गरेका निर्णयहरू निम्नानुसार छन्।
१. दस्ताबेजहरूका सम्वन्धमाः
१.१. दस्ताबेजलाई स्वीकार गर्ने सम्वन्धमाः
प्रस्ताव नं. १ माथि छलफल गर्दा, पछिल्लो समय पार्टीका अध्यक्ष रवीन्द्र मिश्रद्वारा सार्वजनिक गरिएको दस्ताबेज मार्ग परिवर्तन (विचार भन्दा माथि देश) र संयोजक मिलन पाण्डे लगायत सचिवालय सदस्यहरू केशव दाहाल, डा. राजेन्द्र पङ्गेनी र रन्जु दर्शनाद्वारा सार्वजनिक गरिएको वैकल्पिक राजनीतिको मूल बाटो दस्ताबेज माथि बैठकमा छलफल गरियो । दस्ताबेजमा व्यक्त वैचारिक, राजनीतिक विषय, आजको राजनीतिक आवश्यकता, मुद्दा, पार्टी निर्माणको मूल लक्ष्य र आगामी कार्यदिशालाई केन्द्रमा राखी गरिएको सो छलफलमा सदस्यहरूले खुल्ला विचार व्यक्त गर्दै संयोजक लगायत सचिवालय सदस्यहरूबाट प्रस्तुत मूल बाटोलाई वैकल्पिक राजनीतिको आजको राजनीतिक अभिव्यक्ति र कार्यदिशाको रूपमा स्वीकार गर्ने र अझ संवृद्ध बनाउँदै जाने निर्णय गरियो । साथै, पार्टी अध्यक्षबाट प्रस्तावित दस्ताबेजलाई वैकल्पिक राजनीतिको मूल आशय र मर्म विपरीत आएको ठहर गर्दै त्यसलाई खारेज गर्ने निर्णय गरियो ।
यसै गरी अध्यक्षद्वारा प्रस्तावित मार्ग परिवर्तनको दस्ताबेजलाई विवेकशील साझा पार्टीको विधान, एकीकरण घोषणापत्र र एकीकरण सम्झौता पत्रले सुम्पेको राजनीतिक कार्यभार विपरीत आएको बैठकले ठहर गरेको छ । सो दस्ताबेजले पार्टीको विधानलाई मिचेको, जनआन्दोलनका उपलब्धिहरूलाई अवमूल्यन गरेको र जनताको अपूर्व बलिदानबाट निर्माण गरिएको संविधानलाई निस्तेज बनाउँदै सामाजिक द्वन्द्व निम्त्याउने खतरा बढेको ठहर गर्दै पार्टीलाई पश्चगामी बाटोमा जानबाट जोगाउने र लोकतान्त्रिक, अग्रगामी र सुसंस्कृत राजनीतिको बाटोमा अविचलित भई अगाडी बढ्ने निर्णय गरियो ।
१.२. अनुशासन उलङ्घनका सम्बन्धमा:
पछिल्लो समय पार्टीमा मुख्य नेताहरूले नै विधान विपरीत काम गरिरहेको, पार्टीलाई गुटबन्दीको सिकार बनाएको, राजनीतिक रूपमा अलमल सृजना गरेको, वैचारिक द्विविधाबाट पार्टीलाई हानी गरी एकताको मूल भावनालाई कमजोर बनाएको, एकता महाधिवेशनको मुख्य कार्य योजनालाई अलमलमा पारेको र पार्टीलाई विभाजन तर्फ लगेको बैठकले ठहर गरेको छ । पार्टीमा देखिएको यो सङ्कट र समस्याको सुरुवात पार्टी अध्यक्षलेनै गरेको ठहर गर्दै यो बैठक पार्टी अनुशासन उलङ्घनका तमाम घटनाहरूलाई रोक्न, सुसंस्कृत राजनीतिको हाम्रो मुख्य अभिष्टलाई बचाउन र जो जो बाट अनुशासन उलङ्घनका घटनाहरू भएका छन् सो माथि छानबिन गरी दोषीलाई कार्यवाही गर्न पार्टी विधान दफा २९.२ बमोजिमको आशुतोष तिवारी प्रमुख रहेको न्याय तथा सुशासन आयोग गठन गर्ने निर्णय गरिएको छ । आयोगलाई आफ्नो कार्यविधि बनाई पछिल्लो पाँच महिनाको अनुशासन उलङ्घनका घटनाहरूको एक हप्ताभित्र अनुसन्धान गर्ने, अभिलेखन गर्ने र सोही अनुसार कार्यवाही प्रक्रिया अगाडी बढाउने समेत जिम्मेवारी दिइएको छ ।
२. ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने:
बैठकमा पार्टी सङ्गठनको पछिल्लो समग्र अवस्थाबारे समीक्षा गरियो । सङ्गठनहरू अन्योलमा रहेको, तलसम्म वैचारिक अलमल रहेको, प्रशिक्षणहरू नभइरहेको, अभियानहरू कमजोर हुँदै गएको, सदस्यहरू निरास हुँदै गएको र पार्टीको सार्वजनिक, नागरिक सम्बन्धहरू कमजोर भएको समीक्षा गर्दै विभिन्न व्यक्ति र समूहहरूलाई पार्टीमा आबद्ध गर्ने, प्रशिक्षण चलाउने, अभियान र सङ्गठनलाई तलैबाट मजबुत बनाउने अभियान आवश्यक देखिएकोले सो का लागि ‘विवेकशील साझा पार्टी सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरियो । सो अभियान सञ्चालन गर्न केन्द्रमा पार्टी संयोजकको संयोजकत्वमा सम्पूर्ण केन्द्रीय सदस्यहरू सहित २०१ सदस्यीय अभियान परिचालन केन्द्रीय समिति, प्रदेशमा ५१ सदस्यीय अभियान परिचालन प्रदेश समिति, जिल्ला र नगरमा २५ सदस्यीय सदस्यीय अभियान परिचालन समितिहरू निर्माण गर्ने निर्णय गरियो । साथै अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय समिति अन्तर्गत सङ्गठन निर्माण उपसमिति, अभियान सञ्चालन उपसमिति, प्रचार–प्रसार तथा प्रकाशन उपसमिति र राजनीतिक संवाद तथा प्रशिक्षण उपसमिति निर्माण गर्ने निर्णय गरियो ।
अभियान परिचालन केन्द्रीय समितिको नामावली र उपसमितिको विवरण छिट्टै सार्वजनिक गर्ने छौँ ।
३. विधान कार्यदलको विधान मस्यौदा प्रतिवेदन स्वीकार गर्ने:
बैठकमा विधान कार्यदलले प्रस्तुत गरेको पार्टीको विधान सर्वसम्मतिले स्वीकार गर्ने निर्णय गरेको छ । साथै, सो विधानलाई निरन्तर छलफलमा प्रस्तुत गर्दै अझ संवृद्ध, लोकतान्त्रिक र समावेशी बनाउने निर्णय गरिएको छ ।
४. प्रवक्ता नियुक्त गर्ने
बैठकले विवेकशील साझा पार्टीको सम्पूर्ण गतिविधि तथा सूचना सार्वजनिक सञ्चार माध्यममार्फत नागरिक समक्ष पुर्याउन श्री हरिसप्रसाद भट्टलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरियो ।
५. पार्टीको कार्यदिशाबारे अभिमुखीकरण र प्रशिक्षण गर्ने
पार्टीमा पछिल्लो समय वैकल्पिक राजनीतिको औचित्य, आवश्यकता र मुद्दाहरू माथि गम्भीर बहस सृजना भएको छ । मुख्यतः पार्टी स्थापना गर्दा तय गरिएका वैचारिक तथा राजनीतिक प्रस्तावहरूलाई स्थापित गर्दै अगाडी जाने कि मार्ग परिवर्तन गर्ने र पछाडि फर्किने भन्ने विषयमा केन्द्रित यो बहसले पार्टी जीवनभित्र द्विविधा र अन्योल सृजना गरेको छ । जनआन्दोलनका उपलब्धिहरूको रक्षा, सामाजिक न्याय, बहुदलवादको प्रवर्द्धन र संविधानवादको पक्षमा उभिने र अगाडी जाने कि जनआन्दोलनका उपलब्धिहरूलाई उल्ट्याउने र पछाडि फर्किने भन्नेमा केन्द्रित यो बहसमा हामी जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै अगाडी जाने र वैकल्पिक राजनीतिको मूल प्रस्तावलाई अझ संवृद्ध गर्दै त्यसको पक्षमा दह्रो गरी उभिने र वैचारिक बहसलाई निरन्तर जारी राख्ने निर्णय भयो ।
६. विवेकशील साझा पार्टीको बागमती प्रदेशमा भूमिका बारे:
विवेकशील साझा पार्टीको बागमती प्रदेशमा भूमिका बारे छलफल हुँदा प्रदेशको संसदीय दलका नेताले प्रदेश सांसदहरूसँग छलफल गरी पार्टीले अङ्गीकार गर्दै आएको लाइनमा निर्णय लिन सक्ने गरी निर्णय भयो।
७. अभियानहरू सञ्चालन बारे:
पार्टीले देशव्यापी रूपमा लोकतन्त्रको पक्षमा, संविधानवादको पक्षमा, सामाजिक न्यायको पक्षमा, सुशासनको पक्षमा वकालत गर्ने र अभियान सञ्चालन गर्ने निर्णय गर्यो। पार्टीले गर्दै आएको गुणस्तरीय र निःशुल्क शिक्षा, गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा, युवा रोजगारी र महिला हिंसा विरुद्ध लगायतका अभियानहरूलाई निरन्तरता दिने निर्णय भयो।
साथीहरू, हामी सत्यको बाटोमा छौँ । हामी वैकल्पिक राजनीतिलाई स्थापित गर्ने र यसलाई अझ प्रखर र सुदृढ बनाउने अभियानमा छौँ । यसकालागि निरन्तर जुटौँ र अझै अगाडी बढौँ ।
आजका निर्णयहरूलाई कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता गर्दै बैठकको अन्त्य गरियो । धन्यवाद ।
हरिस प्रसाद भट्ट
प्रवक्ता
विवेकशील साझा पार्टी
सम्पर्क- ९८६५९३६४७७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend