Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले रावललाई भने: तपाईंले सक्नुभएन त म के गरौं ? अब कार्यदल पनि सकियो


    शुक्रबार, कार्तिक १२ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यदल सकिएकाे बताएका छन् ।

    पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि अध्यक्ष ओली र उपाध्यक्ष रावलबीच भएकाे भनाभनमा ओलीले कार्यदल सकिएकाे बताएका हुन् ।

    ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?,’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो?’

    जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए ।

    रावल र ओलीका बीचमा भनाभन चर्किएपछि स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य र अमृतकुमार बोहराले उनीहरुलाई रोकेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार