भक्तपुर । नेपाल भ्रमणमा रहेका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वकाे २४ सदस्यीय टाेलीले भक्तपुर नगर क्षेत्रको स्थलगत अवलोकन गरेकाे छ । बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनीहरु बिहीबार साँझ विश्वसम्पदा सूचिकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका हुन् ।
उनीहरुले भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रदेश सभासद् सुरेन्द्ररान गोसाईले दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका थिए । नगरपालिकाको टोलीले उनीहरुलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं प्रदान गरी स्वागत गरेका हुन् ।
भ्रमणका क्रममा स्पेनको संसदीय दलका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गरेका छन् । नगर प्रमुख प्रजापतिले बागमती प्रदेशसभाका सभामुख, उपसभामुख र भक्तपुर जिल्लाका माननीय सांसद र स्पेनिस संसदीय प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सो क्षेत्रको अवलोकन गराएका थिए ।
भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरे । प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो उपहार प्रदान गरेका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend