काठमाडौं । नेपाली कांग्रेसको सरकार जब जब बन्छ, तबतब डा. शंकर शर्मा पटक पटक अवसर पाउनेमा पर्दछन् । नेपाली कांग्रेसमा कुनै योगदान नै नभए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थशास्त्री शर्मालाई पटक पटक महत्वपूर्ण नियुक्ति गर्दैआएका छन् । डा. शर्मालाई बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारतका लागि राजदूतमा सिफारिस गरेको छ ।
भारतका लागि राजदूत समेत गर्दा डा. शर्माको यो छैटौं नियुक्ति हो । देउवा अहिलेसम्म ५ पटक प्रधानमन्त्री भए । उनले तीन पटक प्रधानमन्त्री हुँदा शर्मालाई योजना आयोगको उपाध्यक्ष बनाए । २०७० मा स्व. सुशील कोइराला प्रधानमन्त्री हुँदा डा. शर्मालाई अमेरिकाको राजदूत नियुक्ति गरिएको थियो ।
अमेरिकाको राजदूतबाट २०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता बोलाए । ओली सरकारबाट बाहिरिएपछि नेकपा माओवादी र कांग्रेसको संयुक्त सरकार बन्यो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए । प्रचण्ड र देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने सम्झौता बमोजिम २०७४ जेठ २४ मा देउवा चौथो पटक प्रधानमन्त्री भए । त्यसबेला डा. शर्मालाई उनले सल्लाहकार नियुक्त गरे ।
डा. शर्माको पुख्र्याैली घर ओखलढुंगाको साविक पोकली(हाल लिखु गाउँपालिका–९) भए पनि उनी बाल्यकालदेखि नै काठमाडौंमै हुर्केबढेका हुन् । अध्ययन सकेपछि उनी जागिर खान थाले । तर उनी जागिर खाइरहँदा कांग्रेसको आह्वानमा पंचायतबिरुद्धको आन्दोलनमा थुप्रैले ज्यान गुमाए, कतिको सर्वस्वहरण भयो । तिनीहरुमध्ये कतिपय अहिले पनि दुःख कष्ट झेल्दैछन् ।
जीवनका ऊर्जामय क्षण प्रजातन्त्र प्राप्तीका लागि न्यौछावर गरेका दोलखाका देवी न्यौपानेले राज्यको लाभको पद पाउनै सकेनन् । उनको इहलिला समाप्त भइसकेको छ । आन्दोलनमा लागेर केही नपाउने न्यौपानेहरुकोबारेमा कसैलाई चिन्ता र चासो रहेन । तर तिनै देवी न्यौपानेहरुको त्यागले आएको प्रजातन्त्रको फल डा. शंकर शर्माहरुले पाएका छन् । पंचायतबिरुद्धको संघर्षमा अतुलनीय योगदान गरेका बुद्धिजीवी, प्राध्यापकहरु थुप्रै भएको कांग्रेसको शासनमा डा. शर्मा सबैभन्दा बढी अवसर पाउनेमा पर्दछन् ।
एमालेमा डा. युवराज खतिवडाले ८ पटक अवसर पाए । एमालेमा कुनै योगदान नभएका उनले जस्तै कांग्रेसमा पनि डा. शर्माले पाउने गरेका छन् । २०४६ मा प्रजातन्त्र ल्याउन नेपाली कांग्रेस र कम्युनिष्टले ज्यानको आहुती दिंदै गर्दा डा. शर्मा त्रिविको सिनासमा जागिर खाइरहेका थिए । पंचायती ब्यवस्थाको गुणगानमै रमाउँदै सिनासमा जागिर खाएका डा. शर्माले कांग्रेस सरकारमा आएपछि एकपछि अर्को लाभ लिन सफल भए ।
डा. युवराज खतिवडा राष्ट्रबैंकमा सुखपूर्वक जागिर खाएर एमालेमा पटक पटक अवसर लिनेमा पर्दछन् । उनी त २०५८ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई सरकारबाट अक्षम भनेर हटाई लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । त्यसबेला उनलाई एमालेको कोटामा योजना आयोगमा नियुक्त गरिएको थियो । त्यो पदबाट नहटाइदिनका लागि उनी राप्रपा नेता जोगमेहर श्रेष्ठको घर सानेपामै पुगेर हारगुहार गरेको सूचना एमाले नेताहरुलाई भए पनि ओलीलाई तिनै प्रिय भए । एमालेमा क्षमतावान नेता हुँदाहुँदै खतिवडालाई अर्थमन्त्री नै बनाएर पुरस्कृत गरे । कांग्रेसमा पनि देउवाले त्यस्तै प्रवृत्तिलाई पुरस्कृत गर्ने क्रम जारी राखेका छन् ।
प्रधानमन्त्री देउवाले डा. शर्मालाई असार २९ मा प्रधानमन्त्री नियुक्त हुनासाथ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउन खोजेका थिए । तर उनले ३ पटक उपाध्यक्ष भएकाले भारतको राजदूत हुने चाहना राखेपछि डा. विश्व पौडेलले मौका पाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयमा छोराको इन्ट्री
पछिल्ला दिनमा डा. शर्माले छोरा सारिन घिमिरेलाई प्रधानमन्त्री देउवाको सचिवालयमा पठाएका छन् । नियुक्ति नै नभए पनि सारिनले देउवाको सचिवालयमा सहयोग गरिरहेका छन् । नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा सारिनले काठमाडौं महानगरपालिका वडा नम्बर ३० बाट प्रतिनिधिका लागि उम्मेदवारी पनि दिएका थिए ।
युवानेता गगनकुमार थापाको क्षेत्र अन्तर्गत सबै वडामा सहमतिका साथ नेतृत्व चयन भएकाले उनलाई उम्मेदवारी फिर्ता गर्न भनियो । पराजीत हुने सुझाव दिएपछि उनले उम्मेदवारी त दिएनन् । तर केन्द्रीय कार्यालयमा आफूलाई वडामा उम्मेदवारी दर्ता गर्न नदिएको भनी कांग्रेस कार्यालयमा उजुरी दिएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend