Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भीम रावलको राजीनामा स्वीकृत, कार्यदलका सदस्यले नसके स्याथी कमिटीले ‘टेकओभर’ गर्ने


    बिहिबार, कार्तिक ११ २०७८
    3.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।नेकपा एमाले १० बुँदे सहमति कार्यदलका संयोजक डा भीम रावलको राजीनामा स्वीकृत भएको छ ।

    १० बुँदे कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले उदासिनता देखाएको भन्दै असन्तुष्टि जनाउँदै अघिल्लो स्थायी कमिटी बैठकमा रावलले राजीनामा घोषणा गरेका थिए । अध्यक्ष ओलीलाई लिखित राजीनामा पनि दिएका थिए । उक्त राजीनामा आजको स्थायी कमिटीले स्वीकृत गरेको हो ।

    प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘भीम रावलले राजीनामा बुझाउनुभएको छ । अब कार्यदलका अरु सदस्यले काम अगाडि बढाउँछन् ।’

    ज्ञवालीले कार्यदलका अन्य सदस्यबाट समस्या समाधान हुन नसकेमा स्थायी कमिटीले टेकओभर गर्ने पनि बताए । ‘आवश्यक पर्‍यो भने स्थायी कमिटीले आवश्यक निर्णय गर्छ । कामलाई अगाडि बढाउँछ,’ उनले भने ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार