सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमालेको दुई पक्षको छुट्टाछुट्टै नगर अधिवेशन भएपछि विवाद उत्कर्षमा पुगेको छ । जेठ २ अघिको नगर कमिटी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले निर्माण गरेको कमिटीले फरक फरक कमिटी विस्तार गरेको हो ।
२ जेठअघिको कमिटीको नगर अधिवेशनले नारायण सुवेदीको नेतृत्वमा ८५ सदस्य कमिटी चयन गरेको छ । उपाध्यक्षमा राजमणि निरौला, सचिव पारस काङमाङ भने सहसचिवमा राजेन्द्र राई र दिवस बान्तवा चयन भएको अध्यक्ष सुवेदीले बताए ।
त्यस्तै संस्थान पक्षले हर्कजंग एभेङलाई नगर अध्यक्ष बनाएको छ । उपाध्यक्षमा सविता चाम्लिङ, सचिवमा सुदेश चापागाईं, उपसचिवमा जोन राई र सुमन राई सर्वसम्मत चयन भएका छन् ।
धरानमा संस्थापन पक्ष र २ जेठअघिको कमिटीका नेताहरूबीच सहमति हुन नसक्दा दुई वटा अधिवेशन भएको हो । यसअघि वडा अधिवेशनको क्रममा पनि यी दुवै पक्षबीच विवाद भएको थियो । यद्यपि, १४ वटा वडाहरूमा मिलेर एकै ठाउँमा अधिवेशन भए पनि ६ वटा वडामा भने अलग अलग कमिटी गठन भएको छ । १३ नम्बर वडा कमिटी दुवै महाधिवेशनमा गएन । उक्त वडाले दुवै पक्षलाई एकै स्थानमा अधिवेशन गर्न दबाब दिँदै आएको थियो । तर दुवै पक्षले फरक फरक अधिवेशन आह्वान गरेपछि उक्त वडा समावेश नभएको बताइएको छ ।
पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको क्षेत्रमा नेतृत्व तहले सहमति गर्ने कुनै बाटो नखोज्दा दुई अधिवेशन भएको एक नेताले बताए । उनले समयमै शीर्ष नेताले चासो दिएको भए धरानमा एमाले विभाजनको अवस्थामा नपुग्ने उनको भनाइ छ ।
जिल्ला नै अन्योल
जिल्लामा २ जेठलाई आधिकारिक मान्ने कि गत पुसमा बनेको नयाँ कमिटीलाई आधिकारिक मान्ने भन्ने विवाद अझैसम्म कायम छ । २ जेठका अध्यक्ष रमेश बस्नेत पार्टी पुरानै लयमा फर्किएकाले आफू नेतृत्व कमिटीले जिल्लामा आधिकारिक पाउनु पार्ने तर्क गर्छन् । उनले पार्टी एक ढिक्का रहेको बताउन पनि आफू अध्यक्ष रहेको कमिटीलाई पूर्णता पाउनुपर्ने बताउँदै आएका छन् ।
यता संसद् विघटन गरेपछि पार्टी अध्यक्ष ओली पक्षले रेवती रमण भण्डारीलाई अध्यक्ष बनाएर पार्टीको गतिविधि गर्दै आएको थियो । २ जेठका अध्यक्ष बस्नेतले पार्टीप्रति गहिरो क्षति पुर्याएकै कारण बस्नेत अध्यक्ष पदमा बस्नु नहुने भण्डारीको भनाइ छ । संकटको घडीमा जिल्ला कमिटीलाई चलायमान बनाउन आफू मातहतको कमिटी रहेको बताउँदै भण्डारी जिल्ला अध्यक्ष छोड्न तयार छैनन् ।
आफ्नो गुट जोगाउन नेताहरु सक्रिय
जिल्लाको विवादले नगर कमिटीमा पनि राम्रै प्रभाव पार्यो । धरानमा कमिटी विस्तार गर्न तथा पार्टीलाई मिलाउन स्थानीय, प्रदेश र केन्द्रका नेता लाग्नुपर्नेमा उनीहरू आफ्नो गुट कसरी बलियो बनाउन सकिन्छ भन्दै लागेका छन् ।
नारायण सुवेदी अध्यक्ष रहेको अधिवेशनमा प्रदेश कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जयकुमार राई, प्रदेश सांसद सावित्री जोशी, केन्द्रीय सदस्य धर्मराज निरौला सहभागी थिए ।
त्यस्तै संस्थापन पक्षको अधिवेशनमा प्रदेश सदस्य मोतीराज सुनुवार, राजकुमार कार्की, मुरारी सुवेदी थिए । पार्टीका सचिव तथा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य भने दुवैतिरको अधिवेशनमा सहभागी भएनन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend