धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख सीडीओ किरण थापा विवादमा परेका छन् ।
कैलालीको गौरिगंगा नगरपालिका-१ मा नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी कार्यालय विवादमा प्रमुख जिल्ला अधिकारी थापा पनि मुछिएका हुन् । एमालेले उनीमाथि सत्ता गठबन्धनको पक्ष लिएको आरोप लगाएको छ ।
गौरिगंगा नगरपालिकाको वडा नम्बर १ स्थित एमालेको पार्टी कार्यालयमा नेकपा एसले आफ्नो दाबी राख्दै ताला लगाएको छ । तत्कालीन चौमाला गाविस हुँदा नै एमालेले प्रयोग गर्दै आएको भवनमा ८ कात्तिकमा नेकपा एसले ताला लगाएको थियो । एमालेका कायकर्ताले प्रतिरोध गरे । दुबै पक्षबीच बढ्दै गएको विवाद मंगलबार जिल्ला प्रशासन कार्यालय पुग्यो ।
तर सहजीकरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी थापाले विवाद बढाउनेगरी अभिव्यक्ति दिएको एमालेको आरोप छ । सीडिओले माहोल भड्काउने अभिव्यक्ति दिएको भन्दै एमाले कार्यकर्ताले ‘सिडियोको टाउको फुट्न सक्छ’ भन्ने अभिव्यक्ति नै दिए । सीडीओले ‘एकीकृत समाजवादी पार्टी सरकारमा छ । सत्ता वालाले भनेको मान्नै पर्छ, एमालेका कार्यकर्ता शान्त बस्नु उपयुक्त हुन्छ’ भनेको एमालेको दाबी छ ।
यो अभिव्यक्तिले आफ्ना कार्यकर्ता झनै उग्र बनेको गौरिगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरीले बताइन् । उनकाअनुसार यहीँ कारण गौरिगंगा नगरपालिकास्थित वडा कार्यालय रहेको स्थानमा तनाव बढ्यो । एमाले र एसका कार्यकर्ताबीच ढुंगा हानाहान भयो । दुवै दलका कार्यकर्ताले हानेको ढुंगा लाग्दा प्रहरी निरीक्षक दानबहादुर रोकायाको टाउको फुट्यो । रोकायाको टाउकोमा टाँका लागेको छ । घटनापछि उपमेयर चौधरीले जनताका टाउका फुटे त्यसको जिम्मेवार सीडीओ हुनपर्ने नत्र सीडीओको टाउको जनताले फुटाउन सक्ने अभिव्यक्ति नै दिइन् ।
उनकाअनुसार हाल विवादमा रहेको सो भवन तत्कालीत चौमाला गाविस हुँदादेखि नै एमालेले प्रयोगमा ल्याएको थियो । एमाले र माओवादी पार्टी मिलेर नेकपा बनेपछि सोही भवनलाई नेकपा चौमाला कमिटीको कार्यालयका रुपमा प्रयोग गरिएको थियो । तर सर्वोच्च अदालतको निर्णयपछि एमाले र माओवादी अलग भए । कार्यालय केही समयका लागि प्रयोगविहीन भयो । ८ कात्तिकमा एमालेले सो कार्यालयमा आफ्नो बैठक राखेर कार्यालय सञ्चालन गरेको गौरिगंगा नगरपालिकाकी उपप्रमुख एवं एमाले ममहाधिवेशन प्रतिनिधि चौधरीले बताइन् ।
‘हामीले कार्यालय राखेपछि एसका कार्यकर्ताले निहुँ खोजेका हुन्,’ उपप्रमुख चौधरीले भनिन्,‘प्रशासनलाई मिलाई देउभन्दा उल्टै चिढाउने काम भयो, यसले कार्यकर्ता रुष्ट बनेका छन् । एसले लगाएको ताला काटेर विवाद समाधान नभएसम्म प्रशासनको ताला लगाउन पनि हामीले आग्रह गरेका थियौं । तर त्यसो भएन, प्रशासन मौन बस्दा विवाद झनै लम्बियो ।’
कैलालीका प्रमुख जिल्ला अधिकरी थापाले भने आफूले कसैलाई नचिनेको र त्यस्तो अभिव्यक्ति नदिएको दाबी गरे । ‘कार्यालयका विषयमा विवाद बढेपछि अहिले सो क्षेत्र प्रहरी घेरामा राखिएको छ,’ उनले भने, ‘मैले कसैलाई काखा, पाखा गरेको छैन ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend