Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेण्डा


    बिहिबार, कार्तिक ११ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ ।

    बैठक अपराह्न ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ । 

    बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्न सचिव तामाङले जानकारी दिए ।

    एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार