चितवन।नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत चितवनका सात मध्ये छ पालिकामा अधिवेशन सम्पन्न भएको छ । तीन पालिकामा भने अझै पनि कमिटीको नेतृत्व चयन हुन सकेको छैन । खैरहनी नगरपालिकामा मंगलबार देखिएको विवाद बुधबार मिलेको छ ।
इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकामा एमालेले नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वका लागि सहमति हुन नसकेपछि रत्ननगरको अधिवेशन बुधबारसम्मको लागि स्थगित भएको थियो । इच्छाकामनामा बुधबार मात्रै अधिवेशन भएको हो । भरतपुर महानगरपालिकामा कात्तिक १५ गते अधिवेशन हुने छ ।
कालिका, राप्ती र माडी नगर कमिटीको नेतृत्वमा अझै पनि सहमति जुटेको छैन । जिल्ला स्तरका नेताहरू सहमति जुटाउने भन्दै लागि परेका छन् । माडीमा सम्भवतः शनिबारसम्म सहमति जुट्ने एमाले माडीका नेता श्याम विष्टले बताए ।
खैरहनीमा सहजीकरण कार्यदल संयोजक जेएन थपलियाले मंगलबार पूर्णबहादुर डल्लाकोटीको नेतृत्वमा घोषणा गरेको नगर कमिटीले नै मान्यता पाएको छ । थपलियाले एकलौटी रूपमा कमिटी घोषणा गरेको भन्दै कार्यदलकै सदस्य केशव कँडेलको समूहले असन्तुष्टि जनाउँदै समानान्तर कमिटी घोषणा गरेको थियो ।
जिल्ला र स्थानीय तहका नेताहरू बीच आगामी दिनमा कमीकमजोरी नदोहोर्याउने सहमति भएपछि डल्लाकोटीको नेतृत्वकै कमिटीलाई मान्यता दिइएको कँडेलले बताए । ‘अधिवेशनको विधि प्रक्रिया पुरा नगरेपछि सौहार्द वातावरण बनाउन भन्दै साथीहरूले आवाज उठाउनुभएको थियो’, उनले भने, ‘मंगलबार देखिएका कमीकमजोरी नदोहोर्याउने विषयमा जिल्ला र स्थानीय तहका नेताबीच सहमति भएपछि विवाद मिलेको छ ।’
खैरहनी नगर कमिटीको उपाध्यक्षमा छत्र सुवेदी र सचिवमा गोपाल परियार रहेका छन् । दुई जना सहसचिवपछि थप गर्नेगरी ५७ सदस्यीय नगर कमिटी बनाइएको हो ।
रत्ननगर नगर कमिटीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल चयन भएका छन् । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा पुष्प जोशी, सचिवमा शिवराज सुवेदी तथा सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल चयन रहेका छन् ।
एमाले इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा कृष्णप्रसाद सिलवाल चयन भएका छन् । ७५ सदस्यीय कमिटीको उपाध्यक्षमा नरबहादुर नेपाल, सचिवमा अञ्जना अधिकारी, सहसचिवमा बोधबहादुर गोले र लक्ष्मण चेपाङ रहेका छन् । न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend