Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्यार्थी नेता भए एमालेको कपिलवस्तु नगर अध्यक्ष


    बुधबार, कार्तिक १० २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कपिलवस्तु। कपिलवस्तुका सबै पालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० पालिकामा मंगलबार सम्पन्न नगर तथा गाउँ अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष झवीलाल पोख्रेलले बताए । 

    अखिलका केन्द्रीय सचिव श्याम प्रकाश प्रजापति कपिलवस्तु नगर अध्यक्ष चयन भएका छन् । नगर अध्यक्षमा प्रजापति सर्वसम्मत चुनिएका हुन् । 

    यसैगरी विजयनगर गाउँपालिकाको अधिवेशनले थर्क बहादुर खन्गाहाको नेतृत्वमा ५१ सदस्यीय गाउँ कमिटी चयन भएको छ । एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालका अनुसार शुद्धोधन गाउँपालिकाको अध्यक्षमा राम विलास कुर्मीको नेतृत्वमा ४७ सदस्यीय गाउँ कमिटी चयन भएको छ । यसैगरी यशोधरा गाउँकमिटीको अध्यक्षमा हरम सरिफ चयन भएका छन् । 

    बाणगंगा नगरपालिकामा युवराज पोख्रेलको दोहोरिएका छन् । दोहोरो कार्यकाल पाउनेमा बुद्धभूमी नगरपालिकामा देवी प्रसाद बेल्बासे, शिवराज नगरपालिकामा जगत पौडेल, कृष्णनगर नगरपालिकामा सन्दीप मौर्या, मायादेवी गाउँपालिकामा जगन्नाथ चौधरी, महाराजगन्ज नगरपालिकामा निजामुद्धिन खाँन रहेका छन् ।  न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार