काठमाडाैं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीनवटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ ।
एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै एमालेले तीनवटा मुख्यमन्त्री पद गुमाउनु परेको हो ।
बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै एमालेले लुम्बिनी र गण्डकीसहित तीनवटा प्रदेश मुख्यमन्त्री गुमाउनु परेको हो । गण्डकी र लुम्बिनीमा क्रमशः माओवादीका कुलप्रसाद केसी र गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले जिम्मेवारी सम्हालिरहेका छन् ।
गत २ भदौमा एमालेका तर्फवाट मुख्यमन्त्री चयन भएकी शाक्य ६८औं दिनमै बुधबारबाट जिम्मेवारीमुक्त भएकी हुन । उनी मुलुक संघीय शासन व्यवस्थामा गएपछि पहिलो महिला मुख्यमन्त्री बनेको रेकर्ड भने कायम भएको छ ।
एमालेका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ‘पार्टी एकताका लागि’ भन्दै गत २ भदौमा राजीनामा दिएलगत्तै शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
लुम्बिनीमा माओवादी, गण्डकीमा कांग्रेस
एमालेले मुख्यमन्त्री गुमाएका तीनमध्ये लुम्बिनीमा माओवादी केन्द्र, गण्डकीमा कांग्रेस तथा बाग्मतीमा नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व गर्ने भएका छन् ।
गत २७ साउनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएलगत्तै माआवादीका कुलप्रसाद केसी मुख्यमन्त्री बनिसकेका छन् भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत २६ वैशाखमा राजीनामा दिएलगत्तै कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
‘पार्टी जोगाउन’ राजीनामा, तर मुख्यमन्त्री भने टिकेनन्
तत्कालीन नेकपा विभाजन भएपछि एमालेले पुनर्जीवन पाए पनि एमालेमा कलह भने देखा नै परिरहेको अवस्थामा ‘पार्टी एकता कायम गर्न’ दुई मुख्यमन्त्रीले राजीनामा दिए ।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर क्रमशः एमालेकै अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइयो ।
तर, एमाले विभाजन भएको अवस्थामा शाक्यका स्थानमा पूर्वएमाले तथा हाल नेकपा (एस)का पाण्डे मुख्यमन्त्री हुने भएका छन् भने गठबन्धनमा सहमति भएअनुसार प्रदेश १ मा राजेन्द्र राईको सम्भावना प्रबल रूपमा बढ्दै गएको छ । यद्यपि टुंगो भने लागिसकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend