हेटाैँडा । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् ।
विश्वासको मत लिनका लागि बुधबार बसेकाे प्रदेशसभाको बैठकमा उनले मत विभाजनअघि नै राजीनामा भन्ने शब्द प्रयाेग नगरी मार्गप्रशस्त गर्ने घोषणा गरिन् ।
उनले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा घोषणा गरेकी हुन् । आफ्नो पार्टीको बैठकको निर्णयअनुसार आफूले नयाँ सरकारका लागि मार्गप्रशस्त गरेको बताइन् ।
उनले संसदमा बोल्दै आफूले सरकारमा रहँदा राम्रो काम गर्नका लागि प्रयत्न गरेको बताइन् । प्रदेशमा बसेर मुख्यमन्त्रीका नाताले अल्पमतमा रहे पनि आफूहरूले छोटो समयमा राम्रो काम गरेको उनको दाबी छ । ‘सरकारका लागि प्रतिपक्षीको पनि साथ रह्यो । जे जस्तो काम गरियो । सबैको साथ सहयोगल गरियो’, मुख्यमन्त्री शाक्यले भनिन् ।
मुख्यमन्त्री शाक्यले महिलामैत्री सरकार बनाउन सबै मन्त्रालयमा बडापत्र राखिएको बताइन् । महिला हिंसाविरुद्ध सरकार सचेत हुनुपर्छ भन्दै आफूले पाइला चालेको बताइन् ।
समाजवादको सुशासनको लक्ष्य लिएर अवधारणा तयार गरेर योजना आयोगमार्फत अघि बढाइएको छ । उपलब्धिमूलक काम गर्नका लागि मन्त्री, नेता, प्रदेशसभाका सदस्य सबैलाई धन्यवाद पनि उनले व्यक्त गरिन् ।
एमालेको एकल बहुमतका आधारमा शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एकल बहुमत अर्थात् एमालेका ५६ जना सांसदको समर्थन दाबी गर्दै मुख्यमन्त्री नियुक्त भएकी शाक्य पार्टी विभाजन भई १३ जना सांसद नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अल्पमतमा परेकी हुन् । अहिले एमालेका ४३ जना मात्र सांसदको साथ रहेकाले उनले विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिएकी हुन् ।
बैठकमा शाक्यले मार्गप्रशस्त गरेसंगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् ।
यसअघि गत २४ असोजमा प्रदेशसभाको बैठकमा शाक्यले विश्वासको मत लिने प्रस्ताव राखेकी थिइन् । विश्वासको मत लिनका लागि गत बिहीबार बसेकाे प्रदेशसभाको बैठकमा अन्तिम समयमा आएर विश्वासको मत लिनका लागि समय सार्दै आज बुधबारका लागि तय भएको थियो ।
मुख्यमन्त्रीमा विश्वासको मतका लागि आवश्यक तयारी गर्न एमालेले बुधबारसम्मको समय लिए पनि सांसदको समर्थन जुटाउन नसकेपछि शाक्यको राजीनामा आएको हो । बाग्मतीमा गठबन्धमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विश्वासको मत नदिने बताएपछि शाक्य अप्ठ्यारोमा पर्दै आएकी थिइन् । गठबन्धनले उनलाई विश्वासको मतभन्दा पनि राजीनामा दिएर मार्गप्रशस्त गर्नका लागि आग्रह गर्दै आएको थियो ।
बाग्मती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्यहरू रहेकोमा सरकार गठनको लागि ५५ सांसदको समर्थन आवश्यक पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै अहिले एमालेका ४३ जना मात्र सांसद छन् ।
यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३ जना, नेपाली कांग्रेसको २२ जना, विवेकशील साझा पार्टीको तीन जना, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई जना, राप्रपाका दुई जना र जनता समाजवादी पार्टी (जसपा) को एक जना प्रदेशसभा सदस्य छन् ।
सरकार बनाउनका लागि आवश्यक मत सहित तयार रहेको गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने भएको छ । केन्द्रिय गठबन्धनको सहमतिबमोजिम प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्नेसमेत यसअघि नै सहमति भइसकेको छ । समाजवादीका नेता पाण्डेपछि कांग्रेसका नेता ईन्द्रबहादुर बानिया मुख्यमन्त्री बन्ने सहमति यी दुई दलबीच भएकाे छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend