Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वासको मत नपाउने भएपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा


    बुधबार, कार्तिक १० २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मकवानपुर । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि उनले पदबाट राजीनामा दिएकी हुन् ।

    शाक्यले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव टेबुल गरेकी थिइन् । तर, एमालेको पक्षमा सांसद कम भएकाले स्पष्ट अल्पमतमा परेकाले उनले विश्वासको मत नलिई पदबाट राजीनामा दिएकी हुन् ।

    प्रदेशसभामा हाल एमालेका ४३, माओवादी २३ र कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक गरी एक सय नौ सांसद छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार