Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अधिवेशन: रुपन्देहीका १६ मध्ये १२ पालिकामा एमाले नेतृत्व सर्वसम्मत


    बुधबार, कार्तिक १० २०७८
    865
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा शुद्धोधन, गैंडहवा, कन्चन, कोटहीमाई, ओमसतिया, रोहिणी, मर्चवारी, समरीमाई र मायादेवी गाउँपालिकाको प्रथम अधिवेशनबाट एमालेको नेतृत्व सर्वसम्मत भएको हो । 

    बुटवल उपमहानगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा शोभाखर पोखरेल चयन भएका छन् ।

    सैनामैना नगरपालिकाको प्रथम नगर अधिवेशनबाट टेकनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नगर कमिटी अध्यक्षका लागि बहालवाला नगर अध्यक्ष न्यौपानेसँगै शालिकराम भण्डारी र जिवनाथ पाण्डेले दावी पेस गरेकामा न्यौपाने सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

    नगर कमिटीको उपाध्यक्षमा टमबहादुर पुर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिवद्वयमा सविता भुसाल भण्डारी र लेखनाथ खनाल चयन भएका छन् । अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समितिका सदस्य अमृत गिरीले जानकारी दिए ।

    लुम्बिनी सांस्कृतिककाे नगर अध्यक्षमा निसार अहमद सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा जगदिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी चयन गरेको छ । 

    गैंडहवा गाउँ कमिटी अध्यक्षमा भुवन राना र कन्चन गाउँ कमिटी अध्यक्षमा दिनानाथ आचार्य सर्वसम्मत चुनिएका छन् । कोटहीमाई गाउँपालिका अध्यक्षमा राजकुमार गौण, ओमसतिया गाउँ कमिटी अध्यक्षमा इन्द्रकुमार गुरुङ र रोहिणी गाउँ कमिटी अध्यक्षमा सुनिलकुमार कौशल चुनिएका छन् ।

    मर्चवारीमा केशरनाथ गिरी, समरीमाईमा इनुक मुसलमान र मायादेवी गाउँ कमिटीमा साधुशरण साहनी अध्यक्षमा निर्विरोध चयन भएको एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार